+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

अख्तियार प्रमुखलाई मन्त्रीको जवाफ : मालपोत खाली भए पदपूर्ति गरिन्छ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २३ गते १८:२९

२३ असोज, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भ्रष्ट कर्मचारीलाई कारबाही गर्दा मालपोत र नापी खाली भए नयाँ पदपूर्ति गर्ने बताएकी छन् ।

केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले भ्रष्ट कर्मचारीलाई कारबाही गरे नापी र मालपोत कार्यालय खाली हुने अभिव्यक्ति दिएपछि त्यसको जवाफमा मन्त्री अर्यालले दुई महिनाभित्रै नयाँ पदपूर्ति गर्न सकिने बताएकी हुन् ।

‘संवैधानिक निकायले मालपोत र नापी कार्यालमा छानबिन गरेमा ती कार्यालय जनशक्ति (कर्मचारी) विहिन हुने अभिव्यक्ति आउनु संवदेनशील हो, यदि खाली भएमा दुई महिनाभित्र नयाँ भर्ना खोलेर दक्ष जनशक्ति ल्याउने सामर्थ्य मन्त्रालयसँग छ’ मंगलबार ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फारामको शुभारम्भ गर्दै उनले भनिन् ।

मालपोत र नापी कार्यालयका कर्मचारी अनियमिताको आरोपमा दिनदिनैजसो पक्राउ पर्दा आफ्नो शिर झुकेको मन्त्री अर्यालले बताइन् ।

अहिले अरुले औंला ठ्ड्याउने अवस्थामा रहेको मालपोत र नापी कार्यालयहरु भोलिका दिनमा प्रशंसायोग्य कार्यालय बनाउने उनले बताइन् । कर्मचारीहरु कमाउनका लागि नभई सेवाका लागि यी कार्यालयमा आउने वातावरण सिर्जना गर्ने आफूले लक्ष्य राखेको मन्त्री अर्यालको भनाइ छ ।

सरकारले मालपोत कार्यालयहरुमा प्रयोग हुँदै आएका लिखत तथा फारामहरुलाई सरलीकरण गरी मंगलबारदेखि सेवाग्राहीमैत्री फाराम लागू गरेको बताएको छ । विगतमा रहेका ‘नाङ्ले’ फारामलाई विस्थापन गरी सेवाग्राही आफैंले भर्न सक्ने गरी नयाँ फाराम लागू गरिएको हो ।

‘जनताको सम्पत्तिलाई अभिलेख गरी सुरक्षित बनाउने दायित्व भएका कार्यालयले सेवाग्राहीलाई केन्द्रमा राखेर गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘मन्त्रालय अन्तर्गतका कार्यालयलाई व्यवस्थित गरी समय सापेक्ष अत्याधुनिक सेवा पारदर्शी रुपमा प्रवाह गरिनुपर्छ ।’

मन्त्रालयले तयार गरी राजपत्रमा प्रकाशित गरेको सरलीकृत फाराम मंगलबार सेवाग्राहीलाई हस्तान्तरण गरी मंगलबार भर्न लगाइएको थियो । मंगलबारदेखि ललितपुर मालपोत कार्यालय टोकन प्रणालीमा समेत प्रवेश गरेको छ । देशभर रहेका १ सय ३१ वटा मालपोत र नापी कार्यालयहरुमा टोकन र बैकिङ प्रणली लागू गर्ने मन्त्री अर्यालले प्रतिवद्धता जनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?