Comments Add Comment

पाकिस्तानविरुद्ध अष्ट्रेलिया २०२ रन मै समेटियो

२२ असोज, काठमाडौं । पाकिस्तानविरुद्ध अष्ट्रेलियाले खराब प्रदर्शन गर्दै आफ्नो पहिलो इनिङ्समा २०२ रनमै समेटिएको छ ।

पाकिस्तानविरुद्ध अष्ट्रेलियाका ओपनर्स उस्मान ख्वाजा र आरोन फिन्जबाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ख्वाजाले ८५ रन बनाए भने फिन्जले ६२ रन बनाए । ख्वाजा र फिन्चले पहिलो विकेटको लागि १४२ रनको साँझेदारी गरेका थिए । १४२ रन हुदा पहिलो विकेट गुमाएको अष्ट्रेलियाले त्यसपछि लगातार विकेट गुमाउन पुग्यो ।

अष्ट्रेलियाका लागि मिचेल मार्सले १२ र पिटर सिडलले १० रन बनाए ।

यता, पाकिस्तानका लागि विलाल असिफले धारिलो बलिङ गरे । उनले ६ विकेट लिए । त्यस्तै, मोहम्मद अब्बासले ४ विकेट लिए । पहिलो टेष्टको तेस्रो दिन नै पाकिस्तानले आफ्नो दोस्रो इनिङ्स थालेको छ ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले सबै विकेटको क्षतिमा ४८२ रन बनाएको थियो । पाकिस्तानका लागि दुई जना खेलाडीले शतक प्रहार गरे ।

ओपनर मोहम्मद हफिजले १२६ रन बनाए । उनले २०८ बलको सामना गर्दै १५ चौका प्रहार गरेर शतक बनाएका थिए । त्यस्तै, हृयारिस सोहइलले ११० रन बनाए । उनले ८ चौका र २ छक्का प्रहार गरेका थिए ।

उच्च स्कोर बनाउने क्रममा पाकिस्तानका लागि असद शफिकले ८० र इमाम उल हकले ७६ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका पिटर सिडलले ३ विकेट लिए । त्यस्तै, नाथन लियोनले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment