Comments Add Comment

साफ यु-१८ उपविजेता खेलाडीलाई जनही ५० हजार दिने एन्फाको निर्णय

२३ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु-१८ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपालका प्रत्येक खेलाडीलाई जनही ५० हजार रुपैयाँको दरले नगद दिने निर्णय गरेको छ ।

भुटानको राजधानी थिम्पुमा सम्पन्न साफ यु-१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल बंगलादेशसँग १-० गोलअन्तरले पराजित हुदै उपविजेता बनेको थियो ।

समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२-० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा नेपाल बंगलादेशसँग २-१ गोलअन्तरले पराजित भएको थियो ।

सेमिफाइनलमा भने भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपाल फाइनलमा पुगेको थियो । समूह चरणको हारको बदला लिने लक्ष्यको साथ मैदानमा उत्रिएको नेपाल पुनः बंगलादेशसँग पराजित भएको थियो ।

मंगलबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, एन्फाले सिकिममा आयोजना हुने गभनर कपमा भाग लिनका लागि मनाङ मस्र्याङ्दी क्लब र विभागीय टिम एपीएफ क्लबलाई पठाउने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment