Comments Add Comment

राष्ट्रसंघका लागि अमेरिकी राजदूतले दिए राजीनामा

काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले राजीनामा दिएकी छन् ।

साउथ क्यारोलिनाकी पूर्व गभर्नर हेलीको वर्षको अन्त्यबाट लागू हुने गरी राजदूत पदबाट राजीनामा दिएकी हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको राजीनामा स्वीकार गरेका छन् र अर्को भूमिकामा आउन आग्रह समेत गरेको बीबीसीले जनाएको छ ।

हेली २०१७ जनवरीमा राष्ट्रसंघका लागि अमेरिकी राजदूत बनेकी थिइन् । उनले ६ महिना अघि केही समय छुट्टी लिन चाहेको आफूलाई जानकारी गराएको ट्रम्पले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment