+
+
Shares

राष्ट्रसंघका लागि अमेरिकी राजदूतले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २३ गते २१:१३

काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले राजीनामा दिएकी छन् ।

साउथ क्यारोलिनाकी पूर्व गभर्नर हेलीको वर्षको अन्त्यबाट लागू हुने गरी राजदूत पदबाट राजीनामा दिएकी हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको राजीनामा स्वीकार गरेका छन् र अर्को भूमिकामा आउन आग्रह समेत गरेको बीबीसीले जनाएको छ ।

हेली २०१७ जनवरीमा राष्ट्रसंघका लागि अमेरिकी राजदूत बनेकी थिइन् । उनले ६ महिना अघि केही समय छुट्टी लिन चाहेको आफूलाई जानकारी गराएको ट्रम्पले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?