+
+
Shares

स्वचालित पेस्तोलसहित पर्सामा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २४ गते १२:५६

२४ असोज, काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले स्वचालित पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

चेकजाँचका क्रममा पर्टेर्वासुगौली गाउँपालिका-४ फरदवा भलुवाही खोलाको बगरबाट सोही गाउँपालिका वडानम्बर १ का २५ वर्षीय मनोज पासवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शंकास्पद रुपमा सुगौली गाउँदेखि निचुटातर्फ पैदल हिँडिरहेको अवस्थामा खानतलासी गर्दा मेड इन यूएसए लेखिएको पेस्तोल भेटिएको प्रहरीको भनाइ छ ।
पासवानको साथबाट पेस्तोलमा लाग्ने एक थान खाली म्यागजिन पनि बरामद गरेेेको छ ।

पासवानको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?