+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

महासेठले भने : पार्टीले भनेमा वामदेवका लागि मैले पनि छोड्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २५ गते १:००

२४ असोज, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पार्टीले निर्णय गरेमा नेता वामदेव गौतमका आफूले पनि निर्वाचन क्षेत्र खाली गर्नुपर्ने बताएका छन् ।

बुधबार रिपोर्टस् क्लबमा आयोजित कार्यक्रममा उनले नेपाल कम्युनिस्ट पार्टीले निर्णय गरेमा वामदेव गौतमका लागि निर्वाचन क्षेत्र खाली गरिदिन धेरै सांसद तयार रहेको धारणा राखेका हुन् । ‘पार्टीले निर्णय गर्यो भने म पनि छोड्न तयार छु । पार्टीले निर्णय गरे हामी जति निर्वाचित सांसद छौं, जसले पनि छोड्न तयार हुनुपर्छ । हाम्रो पार्टीको निर्णय अगाडि व्यक्तिको चल्दैन’ उनले भने ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री महासेठले वामदेव गौतमले चुनाव लड्नेबारे पार्टीले अहिलेसम्म भने कुनै निर्णय नगरेको जिकिर गरे । ‘मिडियामा आएको कुरा झुटै हो भनेर म भन्न सक्दिन । उहाँले देशको परिस्थिति बुझ्नुभएको छ । पार्टीका नेता, कार्यकर्ताको मनोभावना बुझ्नुभएको छ । तर, उहाँ चुनाव लड्नुहुन्छ भनेर मलाई चाहिँ व्यक्तिगत रुपमा विश्वास छैन ।’

महासेठले सरकार अहिले संकटमा नभएको पनि जिकिर गरे । उनले भने, ‘सरकार दुई तिहाइको छ । हामी दायाँ/बायाँ नहेरी अब ५ वर्ष देश र जनताको हितमा काम गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?