Comments Add Comment

डि-मर्चाको नयाँ गीत : पानी घट्ट

२५ असोज, पोखरा । पप संगीतमा छुट्टै पहिचान बनाएको डि-मर्चा व्याण्ड ‘पानी घट्ट’ गीत लिएर श्रोता तथा दर्शकमाझ आएको छ । देउडालाई पपमा ढालेर ‘झ्याम्म झ्याम्म’ गीतबाट चर्चित भएको डि-मर्चाले लोपोन्मुख शब्द ‘पानी घट्ट, घर्र घर्र’ लगायतका स्थानीय शब्द जोडेर गीत तयार पारेको हो ।

नवराज बरालको शब्द, डिमर्चाको आफ्नै संगीतमा तयार पारिएको यो गीतमा सुदूरपश्चिम र पश्चिम नेपालको लोक भाकाको समिश्रण छ ।

यो गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । निर्देशक निकेश खड्काले निर्देशन गरेको यो म्यूजिक भिडियोमा काउली बुढीको रुपमा परिचित सन्ध्या बुढा र निराजन प्रधानलगायतले अभिनय गरेका छन् । भिडियो यु-टुबमा अपलोड गरिसकिएको गीत र भिडियोमार्फत नेपाली लोपोन्मुख लोक भाका संरक्षण हुने डिमर्चा ब्याण्डका भोकलिष्ट भाष्करध्वज श्रेष्ठ बताउँछन् ।

डि-मर्चा ब्याण्डमा भोकलिष्ट श्रेष्ठसँगै बेस गितारमा बिरेन पुन, गितारमा सञ्जय नेपाल र ड्रमरमा प्रज्वल सुनार छन् । नयाँ गीतहरु संग्रह गरेर नयाँ एल्वम् निकाल्ने तयारीमा जुटेको डि-मर्चा व्याण्डले ‘खैलाबैला भो’, ‘हुन्देरे’, ‘१,२,३ भन्दिने हो’, ‘झ्याम्म झ्याम्म’ र कोही छ किन्ने ? एल्वम् निकालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment