+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बससँग ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २५ गते १७:३४

२५ असोज, कैलाली । कैलालीको अत्तरियामा मोटरसाइकल र बस ठक्कर खादा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका ६ का २८ वर्षका हेमन्त साउद र सोही ठाउँका २४ वर्षका विक्रम खड्काको मृत्यु भएको हो ।

उनीहरुलाई उपचारका लागि भारततर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी हरिबहादुर वलीले जानकारी दिए ।

टीकापुरबाट अत्तरियातर्फ आउँदै गरेको कर्णाली यातायातको ना ५ ख ९०४९ को बस र अत्तरियाबाट पूर्वतर्फ जाँदै गरेको से ५ प ७५३६ नम्बरको मोटरसाइकल सशस्त्र प्रहरीको नम्बर सात बाहिनी नजिकै ठोक्किदा मोटरसाइकलमा सवार दुबै जना घाइते भएका थिए ।

दुबैजनालाई इलाका प्रहरी कार्यालय मालाखेतीको गाडीमा पदमा अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बरेली रेफर गरे पनि बरेली नपुग्दै बाटोमा नै उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?