+

वेल्समाथि स्पेनको सहज जित

२०७५ असोज  २६ गते ७:३९ २०७५ असोज २६ गते ७:३९
वेल्समाथि स्पेनको सहज जित

२६ असोज, काठमाडौं । मैत्रिपूर्ण फुटबलमा स्पेनले वेल्समाथि सहज जित हात पारेको छ ।

बिहीबार राति भएको खेलमा स्पेनले वेल्सलाई ४–१ गोल अन्तरले हराएको हो । प्रिन्सिपलिटी स्टेडियममा भएको खेलमा स्पेनले आठौं मिनेटमा नै पाको अलासरको गोलबाट अग्रता लिएको थियो ।

१९ औं मिनेटमा सर्जिओ रामोसले गोल गरे भने २९ औं मिनेटमा अलासरले दोस्रो गोल गरेपछि पहिलो हाफमा स्पेन ३–० ले अगाडि रह्यो । दोस्रो हाफको ७४ औं मिनेटमा बार्टाले गोल गरे ।

निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट मात्र बाँकी छँदा वेल्सका लागि भोक्सले सान्त्वना गोल गरे ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय