+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

बीच सडकमा ट्रक पल्टिएपछि पूर्व–पश्चिम राजमार्गको आवागमन प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २६ गते १०:००

२६ असोज, नवलपरासी । सडकमा ट्रक पल्टिएपछि पूर्व–पश्चिम राजमार्गको सवारी आवागमन प्रभावित भएको छ । नवलपरासीको दाउन्नेमा भुस बोकेको ट्रक पल्टिएपछि बिहान ५ बजेदेखि आवागमन प्रभावित भएको हो ।

जिल्ला प्रहरी कार्यालय, नवलपरासी पूर्वीले भुस बोकेको ट्रक बिहीबार दिउँसाे ५ बजे पल्टिएपछि सवारी साधन एकतर्फी मात्रै सञ्चालनमा आएको जनाएको छ ।

सडक एकतर्फी मात्रै चलेपछि दशैंका लागि घर हिँडेका र काठमाडौं आइरहेका सवारी साधनको जाम पूर्व–पश्चिम राजमार्गमा लागेको छ ।

बिहीबार दिउँसाे नै ट्रक पल्टिएर सडक अवरुद्ध पनि अझै हटाइएको छैन । अवरोध हटाउन क्रेन मगाइएकाे र छिट्टै पन्छाइने जानकारी जिल्ला प्रहरी कार्यालय, नवलपरासी पूर्वीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?