Comments Add Comment

अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्याे

२६ असोज, नवलपरासी । २० घण्टादेखि अवरुद्ध पूर्वपश्चिम राजमाार्ग खुलेको छ । राजमार्गको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने उकालोमा पल्टिएको भुस बोकेको ट्रक हटाएपछि अवरुद्ध राजमार्ग खुलेको हाे ।

नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले सडकबीचमा रहेको ट्रक हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याएको जानकारी दिए ।

बिहिबा र दिउसो ३ बजे दाउन्नेको घिउ खोला र दुम्किबासमा पल्टिएको भुसको ट्रक हटाउने प्रहरीले क्रेन नै मगाउन परेको थियो । हिजो एउटा क्रेनले हटाउन नसकेपछि आज थप एउटा क्रेन मगाएर बिहान सवा ११ बजेतिर मात्र बाटो दुई तर्फी खुलाइएको थापाले बताए ।

दाउन्नेमा सयौं ठाउंमा सडक भत्किएर ठूलाठूला खाडल हुंदा सवारी साधनहरु नियमित जसो घण्टौं जाममा पर्ने गरेका छन् ।

सडक अवरुद्ध हुँदा दशैं मान्न घर हिँडेका यात्रुहरु घण्टौं जाममा परेका थिए । प्रहरी उपरीक्षक थापाले सडक सञ्चालनमा आएकाले विस्तारै जाम हट्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment