Comments Add Comment

नवलपरासीमा दिनभरी जाम, दशै‌ं मान्न घर फर्केकाहरु जंगलमा अलपत्र

२६ असोज, नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दम्कौली बर्दघाट खण्ड भएर यात्रा गर्नेहरुले शुक्रबार दिनभरीजसो सास्ती भोग्नुपर्‍यो । यात्रुहरुले ८ घण्टासम्म जाममा बस्नुपरेको गुनासो गरेका छन् ।

बिहीबार पूर्वी नवलपरासीको दाउन्ने उकालोमा पल्टिएको भुस बोकेको ट्रक समयमा नहटाएका कारण सुरु भएको जामको समस्याका कारण शुक्रबार दिनभरीजसो यातायात प्रभावित भएको हो ।

दिनभरी जाम भएका कारण काठमाडौंलगायतका ठाउँबाट पश्चिम तर्फ जाने सयौं सवारी साधन र त्यहाँ चढेका यात्रुले सास्ती भोगेका छन् । दशैं मनाउन घरतर्फ गएकाहरु दिनभरी दाउन्नेको जंगलमा भोकै बस्न बाध्य भएका छन् ।

यात्रुले १० मिनेटको सडक पार गर्न २ देखि ३ घण्टासम्म लागेको गुनासो गरेका छन् ।

नवलपुरका प्रहरी प्रमुख एसपी रमेश थापाले भने विहान ११ बजेतिर नै सडक दुईतर्फी खुलाएको दावी गरे । तर सडक बिग्रिएको र ठाउँठाउँमा अन्य ट्रकहरु पनि बिग्रिएकाले सडक सहज रुपमा सञ्चालन हुन सकेन ।

दाउन्ने जंगलमा दर्जनौं ठाउँमा सडक बिग्रिएको छ । गत बर्ष जताततै खाल्डाखुल्डी भएर घण्टौं जाम हुने गरेका कारण सडक मर्मत गरिएको भए पनि एक बर्ष पनि नहुँदै गएको बर्षामा सडक पुन बिग्रिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment