Comments Add Comment

हामी अडि्कयौं, नयाँ प्रशिक्षण विधि चाहियोः पारस खड्का

२७ असोज, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपालको लक्ष्य टी-२० विश्वकप भएको बताएका छन् । त्यसको पहिलो खुडि्कलोका रुपमा रहेको एसिया छनोट ‘बी’मा च्याम्पियन भएको नेपाली टोली शनिबार स्वदेश फर्किएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान पारस खड्काले भने, ‘हाम्रो पहिलो चाहना टी-२० विश्वकप खेल्नु हो । पहिलो खुडि्कलो पार गरेका छौं । आश छ, बाँकी दुई खुडि्कलो पनि पार गर्नेछौं ।’

अब नेपालले एसिया फाइनल खेल्नेछ, जहाँ एसिया छनोट ‘ए’बाट आएका यूएई, कतार र कुवेत तथा बीबाट आएका नेपाल, सिंगापुर र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । एसिया छनोटका शीर्ष दुई टोलीले टी-२० विश्वकप छनोट खेल्नेछन् ।

विश्वकप छनोटमा अघिल्लो पटक टी-२० विश्वकप खेलेका ६ र क्षेत्रीय छनोटबाट आएका ८ गरी १४ देशबीच प्रतिस्पर्धा हुनेछ र शीर्ष ६ टिमले टी-२० विश्वकपमा स्थान बनाउनेछन् । टी-२० विश्वकप २०२० मा हुनेछ ।

प्रशिक्षण शैली फेरौं

एसिया छनोट ‘बी’ तुलानात्मक रुपमा कमजोर टिमहरु भएकाले नेपालको जित अपेक्षित थियो । तर, टी-२० क्रिकेटमा कुनै पनि बेला अनपेक्षित रिजल्ट आउन सक्छ ।

नेपालले मलेसियामा अपेक्षाअनुसार खेलेको र राम्रो टिम गेम प्रदर्शन गरेको भन्दै कप्तान पारस खड्काले सन्तुष्टि व्यक्त गरे । उनले भने, भुटान भन्नासाथ ३५० हान्ने कुरा आउँदैन । उनीहरुले पनि एउटा स्तर बनाएर आएका हुन्छन् ।’

तर, अबको चरण सजिलो नहुने उनले बताए । अब नेपालले राम्रो तयारी गर्नु पर्ने र त्यसका लागि नेपालको प्रशिक्षण शैलीमै परिर्वतन आवश्यक रहेको उनले बताए ।

‘नेपालको प्रदर्शन एक ठाउँमा अडि्एको छ । शायद हामीले ट्रेनिङ मेथड र कोचिङ स्टाफमा स्तारोन्नति गर्नुपर्छ, ब्याटिङ, बलिङ र फिल्डिङ कन्सलट्यान्टलाई चाँडो ल्याएर’ कप्तान पारसले अघि भने, ‘यो नगर्ने हो भने गाह्रो छ ।’

नेपालले अहिले प्रतियोगिताको दुई साता अघि कहिले ब्याटिङ त कहिले बलिङ कोच ल्याउने गरेको छ । तर, समयका कारण उनीहरुको प्रभावकारी देखिएका छैनन् । कम्तिमा २/३ महिनाका लागि कन्सलट्यान्ट ल्याउनु पर्ने नेपाली टोलीको जोड छ ।

ओपनिङमा अवसर

नेपालको व्याटिङ, त्यसमा पनि ओपनिङमा लामो समयदेखि समस्या देखिँदै आएको छ । मलेसियामा केही नयाँ प्रयोग भयो । उपकप्तान ज्ञानेन्द्र मल्ललाई ओपनिङमा खेलाइएन अनिलकुमार साह, विनोद भण्डारी र प्रदिप ऐरी मध्ये दुईको ओपनिङ जोडी बनाइएको थियो । एक खेलमा प्रदिपले राम्रो गरे ।

अनिलको प्रदर्शन औषत रहृयो । विनोद भण्डारीले भने सम्झनलायक पारी खेल्न सकेनन् ।

कप्तान पारसका अनुसार टी-२० विश्वकपको छनोट अघिसम्म ओपनिङ जोडीको खोजी जारी रहनेछ । ‘सेप्टेम्बर २०१९ को छनोट खेल्नु दुई महिना अगाडिसम्म ओपनिङ जोडी खोज्छौं’ उनले भने, ‘विभिन्न प्रयोग भइरहेको छ । जोजो खेलाडीहरुले अवसर पाएका छन्, उनीहरुले त्यसलाई सदपुयोग गर्न सक्नुपर्छ ।’

एकदिवसीय र टी-२० को ओपनिङ जोडी भने फरक बनाउन खोजेको उनले प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment