+
+
Shares

शौच गर्न निस्किएकी किशोरीको बलात्कार

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २७ गते १८:३७
२७ असोज, सप्तरी । डाक्नेश्वरी नगरपालिका २ मा १६ बर्षीया किशोरी बलात्कृत भएकी छन् ।
किशोरीलाई बलात्कार गरेको अभियोगमा २२ बर्षीय ओमप्रकाश साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय राजविराजले जनाएको छ ।
रातिको समयमा पिसाव फेर्न घर नजिकै सडक बाटोमा गइरहेको मौका छोपी साहले किशोरीको मुखमा रुमालले बाँधेर आफ्नै कोठामा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले साहलाई नियन्त्रणमा लिएको र जर्वजस्ती करणीमा मुद्दा दर्ता गरी आवश्यक अनुसनधान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भावेश रिमालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?