+
+
Shares

इटहरी र वीरगंजमा भयाे ‘वजाज मास्टर मेक’ कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २८ गते १७:३७

२८ असाेज, काठमाडौं । नेपालका लागि वजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले इटहरी र बीरगंजमा क्षेत्रीय स्तरको वजाज मास्टर मेक २०१८ प्रतियोगीताको आयोजना गरेको छ ।

प्रतियोगीताका क्रममा प्राथमिक चरणमा ५११ जना प्रतियोगीहरु मध्येबाट क्षेत्रीय चरणका लागि १२१ जना प्रतियोगीहरु छनोट भएका थिए ।

ती मध्ये पूर्वाञ्चल क्षेत्रबाट विक्रेताहरुको तर्फबाट १६ जना प्रतिस्पर्धीहरु र आधिकारिक सर्भिस पोइन्टबाट १३ जना प्रतिस्पर्धीहरुबीच क्षेत्रीय प्रतियोगीता भएको थियो । जसमा बिक्रेताहरुको प्रतियोगीतामा धरानका अर्विन एण्ड ब्रदर्स अटोबाट रुपक मण्डलले प्रथम, विराटनगरका एस एण्ड ब्रदर्स स्पेयर सप्लायर्सबाट राम गोपाल चौधरीले द्वितिय र बिर्तामोडका मेची पावरमोवाईल्स ट्रेडबाट सन्त बहादुर बिष्टले तृतीय स्थान हासिल गरे ।

आधिकारिक सर्भिस पोइन्टहरुको प्रतियोगीतामा धनकुटाका प्रधान मोटरसाईकल वर्कसपबाट साजनमान प्रधानले प्रथम, ओखलढुङ्गाका अर्जुन इन्टरप्राइजेजबाट अर्जुन कुमार राईले द्वितिय र गौराहदहका मनकामना मोटर पार्टसबाट नवराज राजवंशीले तृतीय स्थान हासिल गरे र वीरगंज क्षेत्रबाट विक्रेताहरुको तर्फबाट १४जना प्रतिस्पर्धीहरु र आधिकारिक सर्भिस पोइन्टबाट ७ जना प्रतिस्पर्धीहरुबीच क्षेत्रीय प्रतियोगीता भएको थियो ।

जसमा बिक्रेताहरुको प्रतियोगीतामा हेटौडाका न्युहोराइजन अटोबाट सरोज तामाङले प्रथम, जीतपुर कान्यु एसडीएस इन्टरप्राइजेजबाट सुरेन्द्र चौधरीले द्वितिय र नारायणघाटका नारायणी मोटर्सबाट छोटेलाल प्रसाद मालीले तृतिय स्थान हासिल गरे ।

आधिकारिक सर्भिस पोइन्टहरुको प्रतियोगीतामा तारापट्ठीका लक्ष्मी मोटरसाईकल वर्कसपबाट लक्ष्मी नारायण शाहले प्रथम, रामपुरका आर डी ब्रदर्सबाट मिठ्ठु कुमारले द्वितिय र सिन्धुलीका क्षितिज इन्टरप्राइजेजबाट बीरबल महतोले तृतीय स्थान हासिल गरे ।

सो कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष तथा समाजसेवी अनुरोध थापा तथा स्थानीय यूवा व्यवसायी तथा समाजसेवी बिक्रम बाबु थापाले विजेताहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?