+
+
Shares

प्रहरीलाई घुस दिने दुई जनामाथि सार्वजनिक मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २८ गते १८:२६

२८ असोज, काठमाडौं । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले प्रहरीलाई घुस दिन खोज्ने दुई जनामाथि सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाएर अनुसन्धान अघि बढाएको छ ।

ट्रकमा बालुवा ल्याउँदै गरेका वेला चेकिङमा रहेका प्रहरीलार्इ घुस दिन खोज्ने सह–चालक विनोद श्रेष्ठ र चालक भेषकुमार श्रेष्ठलाई पक्राउ गरिएको हो ।

चेकिङमा रहेका प्रहरी प्रभाग, काँडाघारीका अधिकारीहरुले दुवै जनालार्इ पक्राउ गरेको थियो । उनीहरुमध्ये विनोदले २ सय रुपैयाँ र भेषकुमारले ५ सय रुपैयाँ प्रहरीलाई दिन खोजेको प्रहरीले जनाएको छ ।

यसअघि काँडाघारीमा बालुवा तस्करी गर्ने समूहसँग घुस लिएको अारोपमा अख्तियार दुरूपयोग अनुसन्धान अायोगको टोलीले ९ जना प्रहरी अधिकारीलार्इ पक्राउ गरेको थियो ।

त्यसलगत्तै, कोटेश्वर र काँडाघारी प्रहरी प्रभागको नेतृत्व परिवर्तन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?