Comments Add Comment

‘मि टू’मा मुछिए सुभाष घई

बलिउडका चर्चित निर्देशक सुभाष घइलाई एक महिलाले अदालतमा एफआइआर दर्ता गरेकी छिन् । केट शर्माले उनीविरुद्ध एफआइआर दर्ता गर्दै जर्बजस्ती चुम्बन गर्न खोजेको आरोप लगाएकी छिन् ।

केटले सुभाषप्रति आरोप लगाउँदै भनेकी छिन् कि-‘अगष्ट ६ को दिन सुभाषले जन्मदिनको पार्टी दिने भन्दै बोलाएका थिए । उनले मलाई मसाज गरिदिन आग्रह गरे । उक्त स्थानमा पहिले नै ६ जना मानिस उपस्थित थिए । मैले मसाज पनि गरिदिएँ । तर, जब म हात धुनका लागि बाथरुम जाँदै थिए, घई मेरो पछि पछि आए । उनले मलाई एक कोठामा बोलाएर जर्बजस्ती चुम्बन गर्ने कोशिश गरे ।’

यसभन्दा अगाडि पनि एक महिलाले सुभाषलाई यौन दुव्र्यवहारको आरोप लगाइसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment