+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

लागू औषधसहित महोत्तरीमा तीनजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २९ गते १४:०४

२९ असोज, महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सम्सी गाउँपालिका २ बस्ने ३५ वर्षका मोहमद सफिल उल रहमान, पिपरा गाउँपालिका ६ रतौली बस्ने श्रवणकुमार मण्डल र अभिषेक भन्ने राममिलन मण्डले रहेका छन् ।

पक्राउ परेका साथबाट प्रहरीले नाइट्रोभ्याट दुई सय २५ पीस, स्पास्मो ९६ पीस , डाईजीपाम ईन्जेक्सन ३० पीस, नोफिम ईन्जेक्सन ३० पीस, फेनागन ईन्जेक्सन ३० पीस बरामद गरेको छ ।

ओसारपसार तथा दुब्र्यसन बिरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीद्वारा संचालित बिशेष अभियान अन्तर्गत उनीहरु पक्राउ परेका हुन् ।

अबैध लागूऔषधसहित बरामद गरी पक्राउ परेकाहरुको आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्ऽबहादुर खडकाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?