Comments Add Comment

योगले मन र शरीरलार्इ जोड्छ, यसलार्इ अपनाअाैंः मन्त्री पोखरेल

३० असोज, बर्दिबास । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले योग शक्तिशाली विज्ञान भएको बताएका छन् । योगले मानवको मन र शरीरलाई जोड्ने काम गर्ने भन्दै उनले स्वस्थ रहन योग अंगाल्न आग्रह गरे ।

महोत्तरीको बर्दिबास नगरपालिकाले आयोजना गरेको ७ दिने योग शिविर कार्यक्रम उद्घाटन गर्दै मन्त्री पोखरेलले योगले शरीर स्वस्थ राख्ने भएकोले योगबाट टाढा रहेकालाई योग अंगाल्न आग्रह गरेका हुन् ।

मन्त्री पोखरेलले विकास निर्माण जस्तै योगलाई पनि स्थानीय सरकारले प्राथमिकतामा राख्नु पर्ने बताए । विलासी जीवनशैलीले रोगलाई प्रसय दिने भन्दै उनले योगले जीवनशैलीलाई खतरा मुक्त बनाउने जिकिर गरे ।

योग शिक्षा अहिलेको बजारको माग रहेको बताउँदै उनले भने, ‘मानिसलाई निरोगी बनाउँछ । योगले उपचार खर्च घटाउँछ । ‘

बर्दिबास नगरपालिका मेयर बिदूरकुमार कार्कीले अभियानैको रुपमा नगर क्षेत्रमा योग शिविर संचालन गर्ने बताए ।

योग प्रशिक्षण दिइरहेको काठमाडौं इन्जिनिरिङ्ग कालिमाटी काठमाडौं योग शिक्षक शान्त खरेलले दिनको कम्तिमा ३० मिनेट योग गरेर स्वस्थ्य रहन सहयोग पुग्ने बताए । ‘योगले उपचार गर्नु पर्ने लाखौं रुपैयाँ जोगिन्छ । मनमा आनन्द र शान्तिको अनुभूति हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment