Comments Add Comment

फुटबल खेलाडी, जो प्रशिक्षकमा पनि अब्बल सावित भए

काठमाडौं । फुटबल जीवनपछि प्रशिक्षक बनेका खेलाडीहरु प्राय सफल भएका छन् । युभेन्टस, आर्सनल, बार्सिलोना जस्ता क्लबसँगै फ्रान्स राष्ट्रिय टिममा सफल खेल जीवन बिताएका थियरी हेनरी अहिले फ्रेन्च क्लब मोनाकोका प्रशिक्षक भएपछि प्रशिक्षक बनेका खेलाडीबारे चासो बढेको छ ।

बेल्जियमको राष्ट्रिय टिममा सहायक प्रशिक्षक भएर काम गरिसकेका हेनरी अहिले मोनाको सम्हालिरहेका छन् । हेनरीभन्दा अघि पनि राष्ट्रिय टिम र क्लब प्रशिक्षणमा लागेको खेलाडी धेरै नै छन् ।

जिनेदिने जिदान

आफ्नो समयका उत्कृष्ट खेलाडी जिदानले प्रशिक्षणमा पनि आˆनो कला राम्ररी देखाएका छन् । २००२ मा खेलाडीका रुपमा च्याम्पियन्स लिग जितेका उनले रियल मडि्रडका प्रशिक्षकको रुपमा पनि च्याम्पियन्स लिग जितेका छन् । २०१४ मा रियल मड्रिड बी टिम सम्हालेका उनले २०१६ देखि २०१८ सम्म रियल मड्रिड सिनियर टिम सम्हालेका थिए ।

पेप गार्डिओला

१९९० को दशकमा गार्डिओला बार्सिलोनामा चलेका मिडफिल्डर थिए । स्पेन राष्ट्रिय टिमबाट पनि खेलेका उनले बार्सिलोनाबाट ला लिगासँगै च्याम्पियन्स लिग पनि जितेका थिए । २००७ मा बार्सिलोनाकै बी टिमबाट प्रशिक्षण सुरु गरेका उनले २००८ देखि ०१२ सम्म बार्सिलोना, २०१३ देखि ०१६ सम्म बायर्न म्युनिख र २०१६ देखि म्यानचेस्टर सिटी सम्हालिरहेका छन् ।

कार्लो एन्सेलोटी

इटालीका कार्लोले खेल जीवनमा तीन सिरी ए उपाधि र दुई च्याम्पियन्स लिग उपाधि जितेका छन् । १९७० को दशकको अन्तिमदेखि १९९० को सुरुसम्म उनी चलेका फुटबलर थिए । इटाली राष्ट्रिय टिमबाट पनि खेलेका उनले प्रशिक्षकका रुपमा १९९५ मा इटालीकै रेगिएनाबाट प्रशिक्षण सुरु गरेका थिए । त्यसपछि पार्मा, युभेन्टस, मिलान, चेल्सी, पीएसजी, रियल मडि्रड, बायर्न म्युनिख र नापोली सम्हालेका छन् ।

लुइस इनरिक

लुइस इनरिक त्यस्ता खेलाडी हुन् जसले रियल मडि्रड र बार्सिलोना दुवै क्लबमा रहेर उपाधिहरु जिते । १९९१ मा रियल मडि्रडबाट खेलेका उनी १९९६ देखि २००४ सम्म भने बार्सिलोनामा थिए । स्पेनको राष्ट्रिय टिमबाट समेत खेलेका उनले २००८ देखि प्रशिक्षण सुरु गरेका हुन् । बार्सिलोनाको बी टिम सम्हालेपछि उनी २०११ मा रोमा गए । त्यसपछि सेल्टा, बार्सिलोना सम्हालिसकेका उनी अहिले स्पेन राष्ट्रिय टिमको प्रशिक्षक छन् ।

रोबर्टो माकिनी

इटालीका रोबर्टो इटालियन राष्ट्रिय टिमसँगै इटालीकै बोलोग्ना, साम्पडोरीया, लाजियोसँगै इंग्लिस क्लब लिसेस्टर सिटीबाट पनि खेले । फियोरेनटिनाबाट प्रशिक्षण सुरु गरेका उनले अहिले इटालीको राष्ट्रिय टिम सम्हालिरहेका छन् । बीचमा उनले लाजियो, इन्टरनाजियोनल, म्यानचेस्टर सिटी, गालातासरे, जेन्ट सेन्ट पिटरसबर्ग पनि सम्हालेका थिए ।

जियोभानी ट्रापाटोनी

एसी मिलानबाट इटालियन सिरी ए दुई पटक जितेका उनले दुई पटक नै युरोपियन कपसँगै अरु प्रतियोगिताहरु पनि जितेका थिए । १९६० को दशकका राम्रा खेलाडी उनले १९७२ पछि १२ भन्दा धेरै टिम सम्हालिसकेका छन् । २००० देखि २००४ सम्म इटालीको राष्ट्रिय टिम सम्हालेका उनले युभेन्टस, एसी मिलान, बायर्न म्युनिख, बेनफिकाजस्ता क्लब सम्हाले । अहिले उनी भ्याटिकन सिटीको प्रशिक्षक रहेका छन् ।

फ्रान्ज बेकेनबोउर

वेस्ट जर्मनीका विश्वकप विजेता बेकेनबोउरले बायर्न म्युनिखलाई बलियो क्बल बनाउन १९६४ देखि १९७७ सम्म निकै राम्रो खेले । वेस्ट जर्मनीकै प्रशिक्षकको रुपमा १९८४ देखि प्रशिक्षण थालेका उनले मार्सेली र बायर्न म्युनिखमा पनि प्रशिक्षक भएर काम गरिसकेका छन् ।

फ्रान्क रिजकार्ड

अजाक्स र एसी मिलानमा खेलाडीका रुपमा राम्रो स्थापित भएका फ्रान्कले नेदरल्याण्ड्सको राष्ट्रिय टिमबाट पनि खेलेका थिए । नेदरल्याण्ड्सबाट नै १९८८ मा उनले युरो कप पनि जितेका थिए । प्रशिक्षकका रुपमा उनले नेदरल्याण्ड्स, स्पार्डा रोटेडम, बार्सिलोना, गालातासरेसँगै २०११ देखि २०१३ सम्म साउदी अरेबियाको राष्ट्रिय टिम सम्हालेका थिए ।

जोहन क्रुफ

नेदरल्याण्ड्सको राष्ट्रिय टिमबाट समेत खेलेका जोहनले अजाक्सबाट आठ लिग उपाधि र तीन युरोपियन कपका साथै बार्सिलोनाबाट ला लिगासमेत जितेका थिए । प्रशिक्षकका रुपमा पनि उनले बार्सिलोनाबाट १० उपाधि जितेका थिए । १९८५ मा अजाक्स टिम सम्हालेका उनले १९८८ देखि ०९६ सम्म बार्सिलोना सम्हालेका थिए ।

डिडियर डेसच्याम्प्स

डिडियर डेसच्याम्प्स पनि खेलाडी र प्रशिक्षकका रुपमा सफल व्यक्ति हुन् । फ्रान्सबाट विश्वकप जितेका उनले मार्सेली र युभेन्टस साथै चेल्सीबाट पनि उत्कृष्ट खेल जीवन बिताए । खेलाडीको रुपमा विश्वकप जितेका उनले फ्रान्सको प्रशिक्षकका रुपमा पनि विश्वकप जिते । उनले मोनाको, युभेन्टस र मार्सेली जस्ता क्लब पनि सम्हालेका छन् ।

लोरेन्ट ब्लान्स

मोन्टपिलर, अक्जेरी, बार्सिलोना र म्यानचेस्टर युनाइटेडमा खेलाडी जीवन बिताएका लोरेन्टले प|mान्सबाट विश्वकपसमेत जितेका थिए । बोर्डेअक्स र पेरिस सेन्ट जर्मेनको प्रशिक्षक भइसकेका उनले प|mान्सको राष्ट्रिय टिम पनि २०१० देखि २०१२ सम्म सम्हालेका थिए ।

जप हेनकेस

१९६६ देखि १९७६ सम्म वेस्ट जर्मनीमा खेलाडीका रुपमा रहेका हेनकेसले एक दर्जनभन्दा धेरै क्लबमा प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । बोरुसिया मोन्चेनग्लाडबच, बायर्न म्युनिख, एथ्लेटिको बिल्बाओ, रियल मडि्रड, बेनफिका, साल्क, बायर लिभरकुसेन जस्ता क्लबमा काम गरिसकेका छन् ।

केनी डलग्लिस

१९७० को दशकमा सेल्टिकमा र १९८० को दशकमा लिभरपुलमा चलेका खेलाडी डलग्लिसले स्कटल्याण्डको राष्ट्रिय टिमबाट पनि खेलेका छन् । १९८५ मा लिभरपुलबाट प्रशिक्षण सुरु गरेका उनले ब्ल्याकबर्न, न्युक्यासल, सेल्टिक र लिभरपुल जस्ता क्लब सम्हालिसकेका छन् ।

जिनो जोफ

इटालीको राष्ट्रिय टिमसँगै युडिनेस, मान्तोभा, नापोली र युभेन्टसबाट खेलेका जिनोले १९८८ मा युभेन्टसबाट नै फुटबल प्रशिक्षण सुरु गरेका थिए । त्यसपछि लाजियो, फिरोनटिनासँगै १९९८ देखि २००० सम्म इटालीको राष्ट्रिय टिम सम्हालेका थिए ।

फाबियो कापेलो

इटालीकै फाबियोले १९७२ देखि १९७८ सम्म इटालीको राष्ट्रिय टिमबाट खेलेका थिए । खेलाडीका रुपमा उनले १९६४ देखि १९८० सम्ममा स्पाल, रोमा, युभेन्टस र मिलानजस्ता क्लबमा खेले । १९८२ मा मिलानबाट प्रशिक्षण सुरु गरेका उनले रियल मडि्रड, रोमा, युभेन्टस जस्ता क्लबसँगै इंग्ल्याण्ड र रसियाको राष्ट्रि टिम पनि सम्हालिसकेका छन् ।

डिएगो सिमोन

एथ्लेटिको मडि्रडमा १९९४ देखि ०९७ र २००३ देखि २००५ सम्म खेलेका सिमोनले सेभिल्ला, लाजियो जस्ता क्लबमा पनि खेलाडी जीवन बिताए । २०११ देखि एथ्लेटिको मडि्रडमा प्रशिक्षक रहेका उनले त्यसअघि पनि रेसिङ क्लब, रिभर प्लेट, सान लोरेन्जो, क्याटानिया जस्ता क्लब पनि सम्हालेका थिए ।

कार्लोस बिएन्ची

१९६७ देखि १९८५ सम्म फ्रान्स र अर्जेन्टिनाका क्लबहरुमा खेलेका बिएन्चीले १९८५ पछि नै फ्रान्सकै रिम्सबाट प्रशिक्षण सुरु गरेका हुन् । उनले एथ्लेटिको मड्रिड, रोमा र बोका जुनियर जस्ता क्लबमा प्रशिक्षणको काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment