Comments Add Comment

आज महानवमीः सिद्धिदात्री देवीको पूजा गर्ने दिन

१ कात्तिक, काठमाडौं । आज नवरात्रीको अन्तिम दिन हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपलाई नवरात्रभर हरेक दिन फरक-फरक स्वरुपमा पूजा आराधना गर्ने क्रम आजदेखि समापन हुन्छ ।

माता दुर्गाको नवौं शक्तिको नाम सिद्धिदात्री हो । आज नवरात्रको नवौं दिन अर्थात महानवमीको दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ ।

सिद्धिदात्री सबै प्रकारका सिद्धि र विजयकी प्रतीक हुन् । सबै शास्त्र र विधिअनुसार निष्ठाका साथ सिद्धिदात्री देवीको साधना गर्ने साधकलाई सबै सिद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

सिद्धिदात्री देवीलाई ब्रम्हाण्डमाथि बिजय प्राप्त गर्ने देवीको स्वरुपका रुपमा लिइन्छ । आजको दिन विभिन्न शक्तिपीठमा सिद्धिदात्रीको पूजा हुन्छ ।

काठमाडौंका भद्रकाली, मैतीदेवी, नक्साल भगतवी, तलेजु भवानी, दक्षिणकाली, संकटा, बज्रयोगिनी, कात्यायानी, शोभा भगवती गुहृयेश्वरी, महांकाल, लगायत शक्तिपीठहरुमा नवरात्र अवधिभर विशेष पूजा आराधना गरिएको छ । यो क्रम आजसम्म जारी रहन्छ ।

आज रातिबाट नवरात्र सकिएसँगै भोलि शुक्रबार बिहानैदेखि विजयादशमीको टीका शुरु हुन्छ ।

प्रत्येक हिन्दु धर्मावलम्बीका घरघरमा आज परिवारजनहरु आपसमा भेला भएर सहभोज गर्ने र रमाइलो गर्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment