Comments Add Comment

बीआरआई परियोजनाले क्षेत्रीय विकासमा नयाँ गति दिन्छः ऊर्जामन्त्री पुन

१ कात्तिक, काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुन अनन्तले चीनले अघि बढाएको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई) परियोजनाले नेपालजस्तो भुपरिबेष्टित राष्ट्रले ठूलो लाभ लिन सक्ने बताएका छन् । चीनमा चलिरहेको बीआई अवद्ध देशका उर्जा मन्त्रीहरुले सम्मेलनमा उनले चीन र नेपालको कनेक्टिभिटीलाई बीआरआई परियोजनाले अझ विस्तार गर्ने बताए ।

यो परियोजनालाई दुबै देशले ‘विन-विन’ सहकार्यका आधारमा अघि बढाउन लागेकाले नेपाल जस्ता विकासशील राष्ट्रले अधिकतम् लाभ प्रााप्त गर्नुपर्नेमा उनको जोड थियो ।

परियोजनाले यसमा जोडिएका देशबीचको आर्थिक सम्बन्धको विस्तार हुने भन्दै उनले यसले विभिन्न देशबीचका आपसी सहकार्यहरुको लागि ढोका पनि खोल्ने धारणा राखे । उनले विभिन्न देशबीच आर्थिक साझेदारीको वातावरणा तयार भएपछि खुलापन, सन्तुलित विकास, साझा लाभको पहिचान लगायतमा सहज अवस्था र वातावरण तयार हुने उनको भनाइ छ ।

बीआराईले विभिन्न देशबीच नीतिगत व्यवस्थाहरुबारे एकअर्कासँग सिक्न पनि मौका दिने र वित्तीय एकीकरणतर्फ डोरिन सहयोग पुग्ने मन्त्री पुनको भनाइ छ ।

उनले परवाहनबारको अनुसन्धानहरु बढाउँदै लैजान, रेल्वे सडक, नागरिक उड्डयन, बिजुली ग्रीड, सूचनाको अन्तरदेशीय सञ्जाल लगायतको विस्तार गर्न बीआरआईले मौका दिने मन्त्री पुनले बताए ।

उनले बीआराई परियोजना लागू भएपछि अन्तर्राष्ट्रिय रुपमा हुने दुईतर्फी ब्यापार विस्तारको सम्भावना पत्ता लगाउन, स्वतन्त्र ब्यापार सम्झौताका लागि आधार तयार गर्न, बन्दरगाह र सीमा क्षेत्रमा आर्थिक सहयोग विस्तार गर्न, बिजुली उत्पादन, जल संरक्षण, पूर्वाधारको विकास लगायतका थुप्रै विषयमा सहकार्य र सहयोग बलियो बनाउन परियोजना लाभदायी हुने पनि उल्लेख गरे ।

यसले गर्दा ल गानीको वातावरण बन्ने र एक-अर्काको क्षेत्रमा संस्थानका शाखामार्फत सेवा पनि विस्तार हुन सक्ने पुनले जनाए ।

उनलेे विश्वको जनसांख्यिक, आर्थिक, र जलावायु परिवर्तानको मिलेर समाना गर्ने विषयहरु विशेष महत्वको रहेको भन्दैै पर्यावरणीय स्थिरता, गरिबी निवारण पन अहिले ठूलो ठूलो आवश्यकता रहेको बताए ।

गरिबी, असमानता, बेरोजगारी लगायतका कारण नेपाल जस्ता मुलुकलाई विकाशील देशमा स्तरोन्नति गर्न समस्या परिरहेको उनको दावी थियो । भुपरिबेष्टित राष्ट्रको आर्थिक अवस्था अधिक संवेदशनशील नै रहेको उल्लेख गर्दै कमजोर उत्पादन तथा पारवहन, ब्यपार घाटा लगायतका समस्यालाई बीआरआई जस्ता परियोजनाले समाधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले यही परियोजनाका कारणबाट आपासी सहकार्य र क्षेत्रीय विकासले नयाँ गति दिने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment