Comments Add Comment

पौराणिक रहस्यः के वास्तवमै रावणको टाउको दश वटा थियो ?

असत्यमाथि सत्यको जीत भएको प्रतिकात्मक सन्देश छ, विजय दशमीको । धार्मिक कथन अनुसार यस दिन भगवान रामले रावणलाई बध गरेका थिए । रावण, लंकाको राजा । उनको प्रवृत्ति राक्षसी हो ।

तस्विरमा रावणलाई दश वटा टाउको भएको देखाइन्छ । के वास्तवमै रावणको दश वटा टाउको थियो ? यसको कुनै सांकेतिक अर्थ होला ?

पक्कैपनि, रावणको दश वटा टाउको देखाउनुको रहस्य अर्थपूर्ण छ । रावणको एउटा पाटो राक्षसी हो भने, अर्को पाटो विद्वान पनि । उनी दर्शन र चार वेदका ज्ञाता थिए ।

रावणलाई पुकार्ने अरु पनि नाम छन्, जस्तो कि, दशानन । दशकन्ठी ।

अर्काथरीको भनाई के छ भने रावणको दश वटा टाउकाको अर्थ खराबको प्रतिक मानिन्छ । काम -वासना), क्रोध, मोह, लोभ, द्वेष, घृणा, पक्षपात, अहंकार, व्यभिचार, धोका यी सबै खराब तत्वलाई रावणको टाउकोबाट दर्शान्छ ।

खासमा रावण महषिर् विश्रवा र कैकसी नामकी राक्षसीका छोरा थिए । रावणका माता कैकसी खासमा राक्षसका महाराजा सुमालीकी छोरी थिइन् । रावणलाई आफ्ना पिता महषिर् विश्रवाबाट वेद शास्त्रको ज्ञान प्राप्त भएको थियो । साथै, आफ्नी माता कैकसीबाट राक्षसी प्रवृत्ति उनमा विकास भएको थियो ।

रावणको अर्को रुप पनि थियो, जसबारे धेरैजसो अनभिज्ञ छन् ।

रावण ब्राम्हाण कुलका थिए र त्यसबेला उनी जस्ता प्रकाण्ड विद्वान कोही थिइनन् । रावण एक कुशल वीणा वादक पनि थिए । भनिन्छ कि, रावणसँग शास्त्रार्थ गर्ने साहस त्यसबेला ठूल-ठूला पन्डितसँग पनि हुँदैनथ्यो । जब रावण वीणा बजाउँथे, तयसबखत मानिस वा राक्षस मात्र होइन, देवलोकका अप्सरा समेत दंग पर्थे । र, रावणको वीणको तान सुनेर मन्त्रमुग्ध भइ नृत्य गर्न थाल्थे ।

रावण शिवभक्त थिए । रामायणका केही स्थानमा यस कुराको पनि उल्लेख छ । रावणमा अद्भूत बल थियो ।

एकथरीको भनाई छ, रावण एक मायावी व्यक्ति थिए । त्यसै कारण उनी आफ्नो दश टाउको हुनेको भ्रम पैदा गर्न सक्थे । उसको मायावी शक्ति र जादूको चर्चा पुरै जगतमा प्रसिद्ध थियो । रावणको दश वटा टाउको भएको चर्चा रामचरितमानसमा पनि आउँछ ।

रावण कृष्णपक्षको रात युद्धको लागि निस्किएका थिए । हरेक दिन क्रमशः एक एक  टाउको काटिन्थ्यो । दशौँ दिन अर्थात शुक्लपक्षको दशमीको दिन रावणको वध भएको थियो । त्यसैले अहिले पनि दशमीको दिन रावणको दहन गरिन्छ ।

रामचरितमानसमा वर्णन गरिएको छ, जुन टाउकोको राम काटिदिन्थे पुनः त्यही स्थानमा दोस्रो टाउको पलाउथ्यो । अचम्मको कुरा त के हो भने एक अंग काटिएपछि पनि त्यही स्थानमा पुनः नयाँ अंग उत्पन्न हुन सक्छ  ? वास्वतवमा रावणको त्यो टाउको कृत्रिम थियो आसुरी मायाबाट बनेको भन्ने तर्क पनि अर्कार्थरीको छ ।

समुन्द्रमा चन्द्रमाको बिन्दुबाट स्वर्ण मृग बन्नु, रावणले सीताको अगाडि रामको काटेको टाउको राखिदिएका थिए । यी सबैबाट के पुष्टि हुन्छ भने, उनमा इन्द्रजालको पनि ज्ञान थियो । यस हिसाबले रावणको दश वटा टाउको र हात पनि केवल जादुयी ढंगबाट देखाइएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment