Comments Add Comment

रानीबारीमा लोहनीको हत्या गरी फरार १४ वर्षपछि पक्राउ

३ कात्तिक, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले काठमाडौं–३, रानीबारीमा १८ वर्षीय बालक जीवन लोहनीको हत्या गरी फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङ देविस्थान–२ का ३७ वर्षीय हिक्मत हमाल छन् । यसअघि हमालसहित हरि गिरी, प्रकाश हमाल लगायतको समूहले मादक पदार्थ सेवन गरेर बालक लोहनीको हत्या गरेका थिए ।

हत्यामा संलग्न हरि र प्रकाश यसअघि नै पक्राउ परिसकेका छन् । घटनामा संलग्न दुई जना अझै फरार छन् ।

उनीहरुले खुकुरी प्रहार गरेर बालकको हत्या गरेका थिए । शनिबार सामाखुशीबाट पक्राउ परेका हमालमाथि थप अनुसन्धान भइरहेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment