+
+
Shares

घरायसी विवादमा श्रीमानद्वारा श्रीमतीको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ४ गते ८:५८

४ कात्तिक, गुल्मी । गुल्मीमा श्रीमानले श्रीमतीलाई कुटपिट गरेर हत्या गरेका छन् । जिल्लाको मुसिकोट –७, इन्द्रेगौडाका ३५ वर्षीय पंकज कुमालले श्रीमती ३० वर्षीया लाली कुमालको हत्या गरेका हुन् ।

गुल्मी प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतका अनुसार पंकजले चिरपट दाउराको प्रयोग गरी उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

शनिबार राति भएको पारिवारिक झगडाका क्रममा उनले कुटपिट गर्दा श्रीमतीको हत्या भएको पंकजले पनि स्वीकारेका छन् ।

कुमाललाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?