Comments Add Comment

लेष्टर सिटीलाई पराजित गर्दै आर्सनल चौथो स्थानमा

६ कार्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेष्टर सिटीलाई ३–१ गोलअन्तरले पराजित गरेको छ ।

मंगलबार विहान भएको खेलमा आर्सनलले लेष्टर सिटीमाथि सहज जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन अबमेयङले २ तथा मेसुट ओजिलले १ गोल गरे । यता, लेष्ट सिटीले भने एक गोल उपाहार स्वरुप पाएको थियो ।

खेलको सुरुवातमा भने लेष्टर सिटीले अग्रता बनाएको थियो । खेलको ३१औं मिनेटमा आर्सनलका हेक्टर बेलेरिनले आत्मघाति गोल गरेपछि लेष्टर सिटीले अग्रता बनाएको थियो । तर खेलको ४५औं मिनेटमा ओजिलले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरी दिलाएका थिए ।

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको आर्सनलले दोस्रो हाफमा थप २ गोल गर्दा लेष्टर सिटीले भने पाएको राम्रो अवसरलाई पनि सदुपयोग गर्न सकेन ।

खेलको ६३औं मिनेटमा अबमेयङले गोल गर्दै आर्सनललाई २–१ गोलको अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि अर्थात खेलको ६६औं मिनेटमा नै उनले ब्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३–१ गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि आर्सनलले ३–१ गोलअन्तरले लेष्टर सिटीलाई पराजित गरेको हो ।

लेष्टर सिटीमाथि जित हात पारेसँगै आर्सनल इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । आर्सनलको ९ खेलबाट २१ अंक भएको छ । शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीभन्दा आर्सनल २ अंकले मात्रै पछि रहेको छ । म्यान्चेस्टर सिटी भने समान ९ खेलबाट २३ अंक सहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै, दोस्रो स्थानमा भने लिभरपुल रहेको छ । लिभरपुलको पनि ९ खेलबाट २३ अंक नै रहेको छ । यता, चेल्सी भने २१ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment