Comments Add Comment

जडीबुटी प्रशोधन केन्द्रकाे महाप्रवन्धकका लागि दरखास्त आहृवान

७ कात्तिक, काठमाडौं । वन तथा वातावरण मन्त्रालयले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको महाप्रवन्धक नियुक्तीका लागि आवेदन मागेको छ ।

मन्त्रालय अन्तर्गतको महाप्रवन्धक नियुक्तीका लागि गठित छनोट समितिले रिक्त स्थानमा पदपूर्ति गर्न सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको हो ।

मन्त्रालयका अनुसार अनुसार आवेदकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र गोप्य दरखास्त पेश गरी सक्नुपर्नेछ ।

मान्यता प्राप्त विश्वविद्यालयबाट वव विज्ञान, प्राकृति स्रोत व्यवस्थापन, कृषि विज्ञान, समाजशास्त्र, व्यवस्थापन, वनस्पतिशास्त्र वा अर्थशास्त्र विषयमा कम्तीमा स्नातक तह पुरा गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दस वर्षको अनुभव भएकाले आवेदन दिनसक्नेछन् ।

आवदेकले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड सञ्चालनको व्यवसायीक कार्ययोजना सिलबन्दी गरी बढीमा १५ पेजमा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment