+

साफ यु-१५ च्याम्पियनसिप भोलिदेखि, नेपालले माल्दिभ्ससँग खेल्दै

२०७५ कात्तिक  ७ गते १८:२९ २०७५ कात्तिक ७ गते १८:२९
साफ यु-१५ च्याम्पियनसिप भोलिदेखि, नेपालले माल्दिभ्ससँग खेल्दै

७ कात्तिक, काठमाडौं । साफ यु-१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो दिन २ खेल हुदै छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आयोजक नेपालले आफ्नो पहिलो खेलमा भोलि (बिहीबार) माल्दिभ्सको सामना गर्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।

उपाधि उचाल्ने लक्ष्यमा रहेको नेपाल माल्दिभ्सलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । यता, माल्दिभ्सपनि नेपाललाई पराजित गर्ने रणनीतिमा छ ।

बिहीबार नै प्रतियोगिताको पहिलो खेलमा भारतले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । यी दुई टिमबीचको खेल ११ बजेर ३० मिनेटमा सुरु हुनेछ ।

प्रतियोगितामा आयोजक नेपालसहित ६ राष्ट्रको सहभागिता रहेका छन् । समूह ए मा आयोजक नेपालसँगै बंगलोदश र माल्दिभ्स रहेका छन् । समूह बी मा भने भारत, भुटान र पाकिस्तान रहेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय