Comments Add Comment

पोखरा प्रिमियर लिग विजेताले २७ लाख पाउने

७ कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको विजेताले २७ लाख नगद प्राप्त गर्ने भएको छ ।

आयोजक क्विन्स इभेन्ट्स प्रालीले पीपीएलको पुरस्कार राशी घोषणा गरेको हो, जसअनुसार विजेताले २७ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । यो टी-२० फ्रेन्चाइज लिगमा सर्वाधिक राशीको पुरस्कार हो ।

उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ । प्रतियोगिताको म्यान अफ द सिरिज उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसीको मोटरसाइकल प्राप्त गर्ने छ ।

प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेले नगद १० हजार रुपैयाँ र प्रायोजकहरुबाट ५ हजार बराबरको गिफ्ट हृयाम्पर प्राप्त गर्नेछन् । त्यस्तै पीपीएलको हरेक खेलको विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनस स्वरुप नगद पुरस्कार १५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ ।

पीपीएलले टाइटल स्पोन्सरमा नमस्ते प्रिमियम लागर बियरको साथ पाएको छ । योसँगै प्रतियोगिताको नाम अब नमस्ते पोखरा प्रिमियर लिग रहनेछ ।

पोखरा क्रिकेट भैदानमा आगामी कात्तिक ९ देखि २० गतेसम्म चल्ने प्रतियोगितामा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment