+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

रकमान्तर छानबिन गर्न खानेपानी मन्त्रालयले सबै प्रदेशमा खटायो टोली

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ७ गते १९:४३

७ कात्तिक, काठमाडौं । खानेपानी मन्त्रालयले रकमान्तरबारे छानबिन गर्न सातवटै प्रदेशमा अनुगमन टोली गठन गरेको छ ।

बुधबार दिउँसो मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको अध्यक्षतामा बसेको बैठकले छानबिन टोली गठन गरेको हो । बैठकले रकमान्तरका विषयमा भएको यथार्थ १५ दिनभित्र बुझाउन टोलीलाई निर्देशन पनि दिएको छ ।

अनुगमनमा टोलीमा प्रदेश १ मा अरुण सिम्खडा, कमलकान्त पौडेल र नरेश रेग्मी, प्रदेश २ मा नन्दलाल बञ्जाडे, नारायण पाण्डे र समित यादव, प्रदेश ३ मा रमाकान्त दुवाडी, अनोज उपाध्याय र रामचन्द्र ढंगाल, गण्डकी प्रदेशमा चन्द्रबहादुर केसी, महेन्द्र महर्जन र लोकबहादुर खड्का रहेका छन् ।

त्यसैगरी प्रदेश नं. ५ मा प्रदीप मुडवरी, तिलकराम श्रेष्ठ र राजेन्द्र घिमिरे, कर्णालीमा प्रेमकृष्ण सिंह, सुधिर शाह र नवराज न्यौपाने र सुदूरपश्चिममा पूर्णप्रसाद उपाध्याय, मधुसुदन खनाल र भक्तबहादुर शाह अनुगमन टोलीमा रहेका छन् ।

बुधबार केही सञ्चार माध्यममा खानेपानी मन्त्रालय मातहतका कार्यालयहरुमा रकमान्तर भएको भन्ने समाचार आएपछि मन्त्रालयले आकस्मिक बैठक बोलाएको हो ।

मन्त्रालयको स्वीकृति बिना गरिएको रकमान्तर मान्य नहुने भन्दै यथाशिघ्र छानबिन टोली गठन गर्न खानेपानी मन्त्री बिना मगरले सचिव ठाकुरलाई निर्देशन दिएकी थिइन् । रकमान्तरबारे थप रिपोर्ट आएपछि पुन बैठक बसेर आवश्यक कारवाही गर्ने सचिव ठाकुरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?