+
+
Shares

ओलम्पिक छनोटको तयारीका लागि नेपाली महिला फुटबल टिम चीनतर्फ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ८ गते १७:५३

८ कात्तिक, काठमाडौं । ओलम्पिक छनोट खेलको तयारीमा रहेको नेपाली महिला फुटबल टिमलाई विदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विहीबार कार्यक्रम गर्दै पहिलो पटक ओलम्पिक छनोटको तयारीका लागि चीन भ्रमणमा जान लागेको नेपाली महिला टिमलाई विदाइ गरेको हो । नेपालले चीनमा ३ वटा मैत्रीपूर्ण खेल खेल्नेछ । शुक्रबार चीनतर्फ प्रस्थान गर्ने नेपाली महिला फुटबल टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र एन्फाका पदाधिकारीले विदाइ गरे ।

ओलम्पिक छनोटको तयारीमा रहेको नेपालले चीनमा तीन मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेलअन्तर्गत नेपालले पहिलो खेल अक्टोबर २९ मा बेइजिङ फोनिक्स फुटबल टिमसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, अक्टोबर ३० मा बेइजिङ स्पोर्टस् युनिभर्सिटीसँग प्रतिस्पर्धा गर्नेछ । बेइजिङ फोनिक्स टिमसँग नेपालले अक्टोबर ३१ मा अन्तिम मैत्रीपूर्ण खेल खेल्नेछ ।

चीन भ्रमण सकेर नेपाल टिम नोभेम्बर २ तारिखमा म्यानमार प्रस्थान गर्ने छ । ओलम्पिक छनोटमा नेपालसँगै आयोजक म्यानमार, भारत र बंगलादेश रहेका छन् । नेपालले आफ्नो पहिलो खेलमा भारतसँग ८ तारेखमा खेल्नेछ । दोस्रो खेलमा नेपालले आयोजक म्यानमारसँग ११ तारिखमा खेल्ने छ । त्यस्तै, तेस्रो खेलमा नेपालले बंगलादेशसँग १३ तारिखमा खेल्नेछ ।

चीन भ्रमण नेपालको लागि कमी कमजोरी पत्ता लगाउने माध्यमको रुपमा रहेको मुख्य प्रशिक्षक हरि खड्काले बताए ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?