+
+
Shares

‘चंगाचेट’का ४ अपराधी

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ९ गते ११:२१

कात्तिक १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चंगाचेट’ अहिले गीतका कारण चर्चामा छ । ‘गोजीमा दाम छैन’ बोलको गीतले हंगामा नै मच्चाइरहेको छ । यसैविच, चलचित्रचको फस्टलुक रिलिज गरिएको छ ।

चलचित्रको फस्टलुकमा मुख्य ४ कलाकारको भिन्न रुप देखाइएको छ । जसलेगर्दा, चलचित्रप्रतिको कौतुहलता अझ बढ्नेछ । चलचित्रका मुख्य ४ कलाकार आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, रविन्द्र झा र सन्दिप क्षेत्रीलाई अपराधीको रुपमा उभ्याइएको छ ।

उनीहरुले एउटै अपराध गरेका छन् । पोष्टरमा नायिका प्रियंका कार्की र परमिता आर एल राणालाई भने देखाइएको छैन । यसैले पनि ४ पात्रको भूमिकालाई लिएर दर्शकमा अझ उत्साह बढ्ने विश्वास गर्न सकिन्छ ।

दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?