Comments Add Comment

छिटो, मिठो र सजिलोः यसरी बनाउने एभोकाडो र चनाको सलाद

अहिले हामीलाई आरमसाथ खाना बनाएर खाने फुर्सद छैन । एकातिर छिटो-छरितो ढंगले खाना बनाउनुपर्ने बाध्यता, अर्कोतिर स्वस्थ्यबर्द्धक हुनुपर्ने आवश्यक्ता । यस्तो अवस्थामा  के गर्ने ?

सजिलो उपाय हो, सलाद ।

सलाद बनाउन सजिलो । छिटो पनि । झटपट बनायो । खायो ।

त्यसो त हाम्रो परिकारमा सलादलाई उति महत्व दिइदैन । दाल, भात, तरकारी, अचार सामेल गर्छौं, सलाद हुँदैन । जबकी पाचन यन्त्रका लागि सर्वोत्तम खानेकुरा हो, सलाद । अक्सर सलाद काँचो वा उसिनेर खाइन्छ । यसमा रहेको पोषक तत्व शरीरले राम्ररी ग्रहण गर्छ । यसमा मिसावट हुँदैन । वा पकाउने क्रममा यसको पोषक तत्व पनि नष्ट हुँदैन । त्यसैले हरेक छाकमा सलादको मात्रा बढाउनुपर्छ, यदि स्वस्थ्य र तन्दुरुस्त रहने हो भने ।

सलाद अनेकथरी बन्छन् । सलादको स्वादमा विविधता पस्कन सकिन्छ । यद्यपी आफुसँग जे उपलब्ध छ र मौसम अनुसार जे कुरा प्राप्त हुन्छ, त्यसैको सलाद बनाउन सकिन्छ । जस्तो अहिले कांक्राको सिजन छ । सलादको लागि यो राम्रो विकल्प हो । मुला पनि पाइन्छ । कांक्रा, मुला, गाँजर, गोलभेडा आदि सलादको रुपमा प्रयोग गर्न सकिन्छ ।

त्यस्तै गोभी, सिमी आदिलाई पनि उसिनेर सलाद बनाउन सकिन्छ । सलादमा फलफूलको प्रयोग गर्न सकिन्छ ।

सलाद किन खाने ?

जब हामी सलाद सेवन गर्छौं, पाचन यन्त्रलाई फाइदा गर्छ । सलादमा रहेको पोषक तत्व प्राप्त हुन्छ । सलाद सेवन गरेपछि पेट भरिन्छ, त्यसैले अनावश्यक खानेकुराबाट खाइदैन । अक्सर हामी भोक मेट्न र जिब्रोको तलतल मेट्न मिठो-मसिनो खानेकुरा खाइरहेका हुन्छौं, जुन पाचन यन्त्रका लागि भार बनिरहेको हुन्छ । यस्तो अवस्थामा सलादको सेवन एकदमै उपयोगी हुन्छ ।

सलादको सेवनले शरीरमा अनावश्यक विषाक्त तत्व रहन पाउँदैन । वोसो जम्न पाउँदैन । यसले गर्दा न पेट भारी हुने भय हुन्छ, न मोटोपन बढ्ने । ग्याष्ट्रिक हुँदैन, अपचको समस्या हुँदैन, पेट सफा र हल्का हुन्छ ।

चना एभोकाडो सलाद

यसपाली हामीले सरल विधीबाट सलाद तयार गर्ने रेसेपी पस्किएका छौं । यो एकदमै सजिलो रेसेपी छ । यसका लागि भिजाएको चना, एभोकाडो चाहिन्छ । सलाद बनाउन त खास समस्या छैन । यसमा के के कुरा मिश्रण गर्न सकिन्छ भन्ने कुरा चाहि महत्वपूर्ण हुन्छ । किनभने सलादमा मिश्रण गरिने कुराले पनि त्यसको स्वाद र गुणमा फरक पार्छ ।

कसरी तयार गर्ने ?

यसका लागि केही दिन पानीमा भिजाएको चना चाहिन्छ । साथै मसिनो टुक्रामा काटेको प्याज । मसिनो टुक्रामा काटिएको गोलभेडा । कालो नुन । आधा कागती । तीन केस्रा लसुन, एउटा भिजाएको खुर्सानी । आधा एभोकाडो ।

यी सबैलाई एक कचौरामा मिश्रण गर्ने । आवश्यक्ता अनुसार नुन राख्ने । यो सलाद सकेसम्म विहान ब्रेकफास्टको रुपमा सेवन गर्नु बढी फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment