+
+

लागूऔषधसहित वीरगञ्जमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ९ गते १७:४२

९ कात्तिक, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट अवैध लागूऔषध नाईट्रोभेट ट्याबलेटसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुर मनहरी गाउँपालिका-८ बस्ने २२ वर्षीय घनश्याम बिकलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट इनर्वागाँउ पर्सावाट खटिएको प्रहरी चेकजाँच टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका-१६ इनर्वा गाँउस्थित सडकमा सवारी साधन तथा पैदल यात्रीहरुसमेतको चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट वीरगंजको बसपार्कतर्फ पैदल आउँदै गरेका विकको साथबाट लागूऔषध नाइट्रोभेट ट्याबलेट बरामद गरेको थियो ।

विकको साथबाट लागूऔषध नाईट्रोभेट ट्याबलेट ३ पत्ता (१५ पिसको दरले ४५ पिस) फेला परेकोले आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

विकविरुद्ध लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?