News Summary
Generated by OK AI. Editorially reviewed.- बुटवलको रामनगरस्थित खेल मैदानमा बैशाख ११ गतेदेखि सुरु हुने दोस्रो लखन कप फुटबलको तयारी पूरा भएको छ ।
- प्रतियोगितामा रुपन्देही, नवलपरासी र पाल्पाका १२ टिमले सहभागिता जनाउने आयोजकले जानकारी दिएका छन् ।
- प्रतियोगिताको उपाधि विजेताले नगद ३ लाख १ हजार १११ र उप विजेताले १ लाख ५१ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन् ।
५ बैशाख, बुटवल । बैशाख दोस्रो सातादेखि बुटवलमा शुरु हुने दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
बुटवलको रामनगरस्थित खेल मैदानमा बैशाख ११ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने छ ।
भएको शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जानकारी गराएको हो ।
प्रतियोगितामा विभिन्न जिल्लाबाट १२ टिमले प्रतिस्पर्धा गर्ने निश्चित भएको आयोजक लखन ब्रदर्श यूथ क्लबका अध्यक्ष सुदिप खत्रीले बताए ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद ३ लाख १ हजार १११ रुपैयाँ र उप विजेताले नगद १ लाख ५१ हजार १११ राशीसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने खत्रीले जानकारी दिए ।
यसैगरी विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार १११, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर तथा उत्कृष्ट मिड फिल्डरलाई जनही १० हजार १११ रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिने भएको छ ।
प्रतियोगिता सम्पन्न गर्न १९ लाख बढी खर्च अनुमान गरिएको क्लबका सचिव निरन्जन पन्तले जानकारी दिए ।
प्रतियोगितामा रुपन्देहीसहित नवलपरासी, पाल्पाका १२ टिमले सहभागिता रहेको क्लबका संरक्षक तथा प्रतियोगिताका संयोजक राम बहादुर थापाले जानकारी दिए । आयोजकसहित सम्पूर्ण युवा क्लब सुपौली, देवदह ब्वाइज युवा क्लब, फर्साटिकर युवाक्लब, चाँदनी युवाक्लब दानापुर, योङ ब्वाइज खैरेनी, शिवनगर परिवार, तिलोत्तमा–११, न्यू युथ युनियन क्लब पाल्पा, सयपत्री युवा क्लब रामनगर, तारादल गण आर्मी, सुनवल एफसी सहभागी हुने भएका छन् ।
प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाले १० लाख र वडा नं ८ ले डेढ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएको बुटवल ८ का वडाअध्यक्ष यज्ञ पंगेनीले जानकारी दिए ।
प्रतिक्रिया 4