+

धोनी पहिलोपटक टी-२० सिरिजबाट बाहिर

२०७५ कात्तिक  १० गते ७:५८ २०७५ कात्तिक १० गते ७:५८
धोनी पहिलोपटक टी-२० सिरिजबाट बाहिर

१० कात्तिक, काठमाडौं । भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्र सिंह धोनी पहिलोपटक टी-२० सिरिजबाट बाहिरिएका छन् । ३७ वर्षीय धोनी विकेटकिपर र ब्याट्सम्यानको भूमिकामा थिए ।

उनलाई वेस्टइन्डिज र अष्ट्रेलियाविरुद्ध आगामी नोभेम्बरमा हुने प्रतिस्पर्धामा भारतीय टीममा सामेल गरिएको छैन । वेष्टइन्डिज र अष्ट्रेलियाविरुद्ध खेल्न चारवटा टिम घोषणा गरिएको छ तर धोनी एउटा पनि टिममा परेका छैनन् । विराट कोहली पनि वेष्टइन्डिजविरुद्ध खेल्ने छैनन् । तर, उनले अष्ट्रेलियाविरुद्ध भने कप्तानको भूमिका निर्वाह गर्नेछन् ।

धोनी फिट रहेर पनि टिममा नपरेको यो पहिलोपटक हो । धोनीलाई टिममा नराख्नुलाई उनको टी-२० को करियरको अन्तको रुपमा कतिपयले बुझेका छन् तर चीफ सिलेक्टर एमएसके प्रसादले भने त्यसको खण्डन गरेका छन् । उनले विकेटकिपिङका लागि उपलब्ध विकल्पहरुहरुलाई मजबुत बनाउन टिम म्यानेजमेन्टले चाहेको बताएका छन् । यसैकारण ६ टी-२० का लागि ऋषभ पन्त र दिनेश कार्तिकलाई चुनिएको एमएसके प्रसादले क्रिकइन्फोसँग बताएका छन् ।

धोनीले सन् २०१४ मा टेस्ट क्रिकेटबाट सन्यास लिइसकेका छन् । त्यसपछि उनले वनडे र टी-२० मात्र खेल खेल्दै आएका छन् ।

उनले सन् २००६ को डिसेम्बरमा दक्षिण अफ्रिकाविरुद्धको खेलबाट भारतका लागि टी-२० खेलमा डेब्यू गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय