+
+
Shares

आमाले खुवाएको विषले बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १० गते २०:४६

१० कात्तिक, दुल्लु । दैलेखको महावु गाउँपालिका–१ बाँसीमा एक महिलाले आफ्नै नाबालक छोराहरुलाई विषादी खुवाएकी छिन् ।

आमाले आफ्नै छोरालाई विष खुवाउँदा नाबालक छोराको मृत्यु भएको छ ।आमाले आफ्नै छोरालाई विषसेवन गराउँदा सात वर्षीया बालक आयूष नेपालीको मृत्यु भएको छ । अन्दाजी २४ वर्षीया कल्पना नेपालीले आफ्ना दुई छोरासहित आफूले पनि विषसेवन गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

आयूषको उपचारको क्रममा निधन भएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिए । विषसेवन गरेका आमा कल्पना नेपाली र छ महिनाका अर्का छोरा अङ्कित नेपालीको अवस्था गम्भीर छ । उनीहरुको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा उपचार भइरहेको छ ।

कल्पनाका श्रीमान् सुजन नेपालीले दिनहुँजसो श्रीमतीलाई मदिरासेवन गरी कुटपिट गर्ने हुँदा कल्पनाले आफूले पनि विष सेवन गरेको र बच्चाहरुलाई पनि विषसेवन गराएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

शनिबार कल्पना र उनका श्रीमान् सुजन नेपालीको सामान्य झगडा परेको र श्रीमान् घरबाट बाहिर निस्किएपछि घटना घटेको प्रहरीले जनाएको छ ।

घटना आज दिउँसो २ बजेतिर भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार उनीहरुले उडुस मार्ने विषादी प्रयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?