+
+
Shares

रित्तिँदै ट्वीटर, तीन महिनामा गुमायो ९० लाख प्रयोगकर्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ११ गते १०:३०

माइक्रो ब्लगिङ साइट ट्वीटरले पछिल्लो तिन महिनामा ९० लाख प्रयोगकर्ता गुमाएको छ । यो गिरावट ट्वीटरको इतिहासमा अहिलेसम्मकै तीव्र स्खलनको रुपमा रहेको बताइएको छ ।

फच्र्युन म्यागेजिनका अनुसार सन् २०१८ को तेश्रो त्रैमासिकमा ५० लाख प्रयोगकर्ता घट्ने अनुमान गरिएकोमा त्यसभन्दा तीव्र गिरावटको सामना गर्नुपरेको हो ।

स्मरण रहोस् हाल ट्वीटरका सक्रिय प्रयोगकर्ताको संख्या ३ करोड २६ लाख रहेको छ ।

ट्वीटरले नक्कली तथा स्वचालित बट्सद्वारा सञ्चालित स्पाम अकाउन्ट बन्द गर्ने कार्यलाई तिव्रता दिएका कारण प्रयोगकर्ताको संख्यामा कमी आएको देखिएको हो । तर ट्वीटरको यो दाबी पूर्ण रुपमा सही नभएको बताइएको छ । ट्वीटर प्रयोगकर्ताहरुले पछिल्लो समय ट्वीटरमा सक्रियता तथा फलोअर्सको संख्यामा पनि निरन्तर गिरावट आइरहेको गुनासो गर्ने गरेका छन् ।

पछिल्लो तिन महिनामा ९० लाख प्रयोगकर्ता गुमाए पनि ट्वीटरले मुनाफाको सन्दर्भमा भने राम्रो प्रगति गरेको पाइएको छ । यस ३ महिनामा ट्वीटरले ७५ करोड ८१ लाख डलर मुनाफा गरेको छ । जुन गत वर्षको यहीँ अवधिको तुलनामा २९ प्रतिशत बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?