११ कात्तिक, काठमाडौं । थाइल्याण्डमा गुफामा फसेर दुई हप्तापछि उद्दार गरिएका १२ बालकले म्यानचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्ड पुगेर फुटबल हेर्न पाउने भएका छन् ।
प्रिमियर लिगमा आइतबार नेपाली समयअनुसार पौने ८ बजे हुने म्यानचेस्टर युनाइटेड र इभर्टनबीचको खेलमा उनीहरु उपस्थित हुन पाउने भएका हुन् ।
थाइल्याण्डमा आएको बाढीपछि स्थानीय फुटबल क्लबको जुनिएर १२ खेलाडी गुफामा फसेका थिए । जसको उद्दारपछि अन्तर्राष्ट्रिय स्तरमा ध्यान खिचेको थियो । युनाइटेडका कार्यकारी उपाध्यक्ष एड वुडवार्डले ती बालकका लागि खेल हेर्ने व्यवस्था मिलाएका हुन् ।
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोस मोउरिन्होले शनिबार बालकहरुसँग भेटेका थिए ।
प्रतिक्रिया 4