Comments Add Comment

राखीका विचित्र कुराः तनुश्रीले बलत्कार गरिन्, अब यौनसम्पर्क राख्दिनँ

बलिउडकी ड्रामा क्वीन राखी सावन्तले अब बिहे नगर्दासम्म कुनै पुरुषसँग यौनसम्वन्ध नराख्ने घोषणा गरेकी छन् । बिहे गरेपछि आफ्नो श्रीमानसँग मात्रै शारीरिक सम्वन्ध राख्ने उनले बताइन् ।

अनौठा कुरा गरेर चर्चामा आउने स्वभाव भएकी राखीले एक अन्तरवार्तामा भनिन्, ‘म अहिले पुरै भगवानमा लिन भएकी छु । आफ्नो शरीरलाई मन्दिर मान्न थालेकी छु । त्यसैले यसको पवित्रता कायम राख्नका लागि यौनसम्पर्कबाट टाढा रहने बिचार गरेकी हुँ ।’

सोही अन्तरवार्तामा उनले हाल ‘मिटु’ प्रकरणले चर्चामा रहेकी अभिनेत्री तनुश्री दत्तबाट आफू बलत्कृत भएको दावी गरिन् ।

राखीले भनिन्, ‘उनले मलाई कसरी बलत्कार गरिन् होली र भन्ने तपाईंलाई लाग्दो हो । खासमा उनी लेस्बियन हुन् । उनीभित्र केटाको आत्मा छ । यौन झुकाव उनको केटीतिर हुन्छ । मलाई बारम्बार नशालु पदार्थ खुवाएर उनले बलत्कार गरेकी छन् ।’

उनी यतिमै रोकिइनन् । अगाडि भनिन्, ‘तनुश्रीले एकपटक मेरै कारणले आफ्नो कपाल मुन्डन गरेकी हुन् । खासमा मलाई मिकाले ओठमा किस गरेको उनले देखेकी थिइन् र त्यसबाट निकै चिढिएकी थिइन् । ममाथि आफ्नो मात्र हक लाग्छ भन्ने उनी सोच्थिन् । त्यही रिसमा कपाल मुन्डन गरिन् । ध्यान आश्रममा गएर बसिन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment