Comments Add Comment

प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : ज्वरो नियन्त्रणमा, सास फेर्न सहज

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।

छातीमा समस्या देखिएपछि सोमबार विहान त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा निकै सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्रीको ज्वरो नियन्त्रणमा आएको छ भने सास फेर्न पनि सहज भएको छ ।

चिकित्सका अनुसार अहिले प्रधानमन्त्री ओलीको रगतमा चिनीको मात्रा नियन्त्रणमा छ भने सास फेर्न पनि सहज हुँदै गएको छ । तथापी, उनको छातीमा हल्का घ्यारघ्यार यथावत रहेको उनको स्वास्थ्य परीक्षणमा संलग्न एक चिकित्सकले जनाएका छन् ।

चिसो बढेसँगै छातीमा समस्या देखिएको र खोकीबाट कफ निस्कन नसकेका कारण श्वासप्रश्वासमा समस्या भएकाले अस्पताल भर्ना गरिएको थियो ।

उनलाई सोमबार विहान तीन बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा भर्ना गरिएको थियो ।

भर्नापछि अस्पतालले सोमबार विहान पहिलो रिर्पोट सार्वजनिक गर्दै उनको छातीमा संक्रमण हुनुका साथै शरीरमा चिनीको मात्रा असन्तुलित भएको बताएको थियो । दिउँसो भने उनको अवस्थामा सुधार हुँदै गएको हो ।

‘अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निकै सुधार देखिएको छ । उहाँलाई ज्वरो छैन भने सास फेर्न पनि सजिलो हुँदै गएको छ, छातीको घ्यारघ्यार कम हुनुका साथै शरीरमा चिनीको मात्रा समेत नियन्त्रणमा छ’, उपचारमा संलग्न एक चिकित्सकले भने ।

ती चिकित्सका अनुसार उपचारमा संलग्न चिकित्सकको टोलीले अहिले चार बजे प्रधानमन्त्रीको पुन स्वास्थ्य परीक्षण गर्नेछन् । हाल प्रधानमन्त्री ओलीलाई सीसीयूमा राखेर उपचार गरिएको छ ।

यो पनि पढ्नुहो्स्

के भएको हो प्रधानमन्त्री ओलीलाई ? अस्पतालमा नेता, कार्यकर्ता र शुभेच्छुकको भिडभाड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment