Comments Add Comment

टी-२० अलराउण्डरमा पारस ३९ औं, सोमपाल ६१ औं स्थानमा

१२ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय टी-२० क्रिकेट वरियतामा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्कासहित सोमपाल कामी, शरद भेषावकर र बसन्त रेग्मी परेका छन् ।

अन्तर्राष्ट्रिय टी-२० अलराउण्डरको वरियतामा नेपालका कप्तान पारस खड्का ३९ औं स्थानमा र सोमपाल कामी ६१ औं स्थानमा छन् ।

टी-२० ब्याटिङ वरियतामा पनि कप्तान पारस ९४ औं स्थानमा र शरद भेषावकर १०० औं स्थानमा छन् ।

टी-२० बलिङ वरियतामा नेपालका बसन्त रेग्मी ७४ औं स्थानमा र सोमपाल ९२ औं स्थानमा छन् ।

ब्याटिङमा शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम छन् । अस्ट्रेलियासँगको सिरिजमा लगातार ६८, ४५ र ५० रन हानेर उनी ब्याटिङ वरियतामा शीर्ष स्थानमा पुगेका हुन् ।

यसअघि वरियताको पाँचौ नम्बरमा रहेका बाबरले अस्ट्रेलियाविरुद्धको तीनै खेल जित्दा ११७.२६ को स्ट्राइक रेटमा रन बनाएका थिए । अस्ट्रेलियाका आरोन फिन्च वरियताको दोस्रो स्थानमा छन् । भारतका के एल राहुल तेस्रो स्थानमा छन् ।

यस्तै टी-२० बलिङ वरियतामा स्पिनरहरु हाबी रहेका छन् । बलिङ वरियताको शीर्ष स्थानमा अफगानिस्तानका रसिद खान रहेका छन् । दोस्रोमा पाकिस्तानका शादव खान, तेस्रोमा न्युजिल्याण्डका इश सोधी रहेका छन् ।

यस्तै टी-२० अलराउण्डरको वरियतामा अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा छन् । दोस्रोमा बंगलादेशका सकिब अल हसन र तेस्रोमा दक्षिण अफ्रिकाका जेपी डुमिनी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment