+

रियल मड्रिडका प्रशिक्षक लोपेटेगी बर्खास्त

२०७५ कात्तिक  १३ गते ९:२९ २०७५ कात्तिक १३ गते ९:२९
रियल मड्रिडका प्रशिक्षक लोपेटेगी बर्खास्त

१३ कार्तिक, काठमाडौं । रियल मड्रिडले प्रशिक्षक जुलेन लोपेटेगीलाई अनुबन्धन भएको करिब ४ महिनामै बर्खास्त गरेको छ ।

जिनेदिन जिदानले प्रशिक्षकबाट राजिनामा दिएपछि उनको स्थानमा स्पेनिस क्लब रियलले लोपेटेगीलाई नियुक्त गरेको थियो । तर पछिल्लो समयमा रियल मड्रिडले एकपछि अर्को खेलमा हार ब्यहोरेपछि उनलाई बर्खास्त गरिएको हो ।

हुन त रियलले स्पेनिस ला लिगामा पछिल्लो समयमा खेलेको ५ खेलमध्ये ४ खेल हारेको छ । भने एक खेलमा बराबरी खेलेको छ । स्पेनिस ला लिगामा शनिबार बार्सिलोनासँग रियल मड्रिड ५–१ गोलको भारी अन्तरले पराजित भएको थियो । अहिले रियल लिगमा नवौं स्थानमा रहेको छ भने उसको १० खेलबाट १४ अंक मात्रै रहेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय