Comments Add Comment

करोडौँ खर्च गरेर किन गरिँदैछ गाईलाई अंकमाल ?

विज्ञानले पनि मानिसकेको छ कि जनावरसँग खेल्दा वा समय बिताउँदा मानिसको मस्तिष्कलाई आनन्द प्राप्त हुन्छ ।

हालै अमेरिकामा चलेको एउटा ट्रेण्डले यो भनाइलाई थप पुष्टि गरेको छ ।

अहिले अमेरिकामा एउटा नयाँ अभियान चलिरहेको छ । यसलाई Cow Cuddling अर्थात् गाईलाई अंकमाल गरौँ भन्ने रहेको छ । अमेरिकीहरु यो अभियानमा एकपछि अर्को गर्दै भाग लिइरहेका छन् । यतिमात्र होइन, यो अभियानमा मन खोलेर खर्च पनि गरिरहेका छन् ।

यो अभियानमा मानिसहरुले प्रति ९० मिनेटको अंकमालमा ३ सय डलर रकम तिर्ने गर्दछन् । यसबाट मानिसहरुले रिल्याक्स महसूस गर्दछन् । यसको उद्देश्य जनावरको हेरचाह र सुरक्षामा मानवीय संवेदनशीलताको वृद्धि गर्नु हो ।

गाईसँगको अंकमालबाट मानिसको स्वास्थ्यलाई फाइदा पुग्दछ भन्ने वैज्ञानिक अध्ययनबाट पुष्टि भइसकेको छ ।

मानिसको शरीरको तापमान भन्दा गाईको शरीरको तापक्रम बढी हुन्छ । गाईको मुटुको धड्कन पनि मानिसको भन्दा तीव्र हुन्छ ।

न्युयोर्कको माउन्टेन हाउस फार्मले सबैभन्दा पहिलो जनावरसँग अंकमाल गर्ने यो ट्रेण्डको सुरुवात गरेको हो । उक्त अभियानमा अंकमालका लागि घोडा पनि राखिएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment