Comments Add Comment

मिथिला खाना: स्वादिलो, स्वस्थ्यकर र शाकाहारी

मिथिला फुड मिथिला क्षेत्रको परम्परागत खाना हो । यो खाना स्वादिष्ट त हुन्छ नै त्यतिकै मात्रामा स्वस्थकर पनि हुन्छ । खासगरी तत्कालिन राजा जनकको खानाको रुपमा यो परिचित छ । मिथिला फुड शाकाहारी परिकार हो ।

यस्तो हुन्छ मिथिला खाना

– मिथिला खानामा विभिन्न परिकार हुने गर्छन् । तराई क्षेत्र र त्यसमा पनि तत्कालिन मिथिला अञ्चलमा यसको प्रयोग व्यापाक छ । यसलाई नियमित भन्दा पनि विभिन्न अवसरमा सेवन गर्ने प्रचलन छ । पहुन सत्कार, विभिनन चाडपर्वमा यो खान्की पाक्ने गर्छ ।

– मिथिला खानामा कडीबडीको परिकार हुन्छ, जुन सोलारमा बेसन राखेर तयार पारिन्छ ।

– तिलको चट्नी पनि मिथिला फुडको अनिवार्य परिकार हो । यसबाट प्रशस्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । यो निकै स्वादिष्ट अचार हो ।

– मिथिला खानामा समावेश हुने अर्को परिकार तिलौरी हो । यसलाई तिल र चामलको पीठोबाट तयार पारिन्छ । उमालेको तिल र चामलको मिठोलाई फ्राइ गरेपछि तिलौरी तयार हुन्छ । यसबाट प्रशस्त मात्रामा ओमेगा थ्री प्राप्त हुन्छ । तिलौरी मुटुको लागि निकै स्वस्थकर मानिन्छ ।

संगीता यादव

 

– त्यसपछि मिथिला खानाको अर्को परिकार हो, तरुवा । यसलाई मौसमी तरकारीबाट तयार पारिन्छ । पर्वल, आलु, गोभी, प्याजलगायतका तरकारी यसका कच्चा पदार्थ हुन् । यो पकौडा जस्तै परिकार हो ।

– मिथिला परिकारमा भुजिया पनि अनिवार्य हुन्छ । खासगरि आलुबाट भुजिया तयार पारिन्छ । अनि सँगै पापड पनि हुन्छ ।

– मिथिला खानामा दल, भात, तरकारीसँगै यस्ता परिकार हुन्छन् । र, खानाको अन्तिममा दही दिने प्रचलन छ । जसमा क्यालसीयमलगायतका विभिन्न तत्व हुन्छन् । र, दहीले पाचन प्रणालीमा पनि महत्वपूर्ण भूमिका खेल्छ ।

कहिले खाइन्छ ?

– छठको अर्को दिन तराई क्षेत्रका प्राय घरमा मिथिला परिकार पाकेको हुन्छ । छठमा तीन दिन विशेष वर्त बस्ने प्रचलन छ । पहिलो दिन दिनभर नुन खाइदैन र बेलुकीपख मात्र अलिकति खिर खाइन्छ । अर्को दिन पुरै उपबासना बसिन्छ ।

– तेस्रो दिन विहान पुजा गरेपछि मात्र खाने प्रचलन छ । त्यतिबेला घरमा सबै आफन्त र इस्तमित्र जम्मा भएका हुन्छन् । त्यतिबेला मिथिला परिकार महत्वपूर्ण मानिन्छ ।

– वैशाख २ को दिन पनि विशेष गरि मिथिला परिकारको सेवन गरिन्छ । वैशाख २ लाई ‘जुरसिकल’ भनिन्छ । यो दिन ठूलाले सानालाई शिरमा पानी राखेर आशिर्वाद दिने गर्छन् । मिथिला खाना धनुषा जिल्लामा अत्यधिक प्रयोग हुन्छ ।

सम्भावना

– मिथिला परम्परागत र स्वादिष्ट खाना हो । यसलाई त्यति प्रमोट गर्न सकिएको छैन । स्वास्थ्यको दृष्टिले पनि निकै राम्रो हुने भएकाले यसलाई रेस्टुरेन्टको मेनुमा पनि ‘मिथिला थाली’को रुपमा राख्न सकिन्छ । जसरी नेवारी र थकाली खाना स्थापित भएको छ । यो देशको पहिचान दिने खाना पनि हो ।

– नन भेज पारखिहरुका लागि त झन् यो निकै उपयुक्त परिकार सावित हुन्छ । मिथिला क्षेत्रकाले मात्र नभएर देशैभरका मानिसले यसको प्रयोग गरि लाभ उठाउन सकिन्छ ।

– कतिपय देशका खाना अन्तराष्ट्रियकरण भएका छन् । नेपाली खानाका साथसाथै मिथिला खानालाई पनि अन्तराष्ट्रियकरण गर्न सक्ने हो भने यसबाट विश्व जगतमा हाम्रो अर्को पहिचान पनि सथापित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment