+
+
Shares

८ बुँदे घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय पोल्ट्री सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १४ गते १८:५७

१४, कात्तिक, चितवन । चितवनको भरतपुरमा ३ दिनसम्म चलेको अन्र्तराष्ट्रिय पोल्ट्री सिम्पोजियम (सम्मेलन) ८ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ ।

सम्मेलनले नेपालमा पोल्ट्री उत्पादनसम्बन्धी आधारभूत तथ्यांक अद्यावधिक नभएकोले कुखुरा उत्पादन, अनुसन्धानमा समस्या भएकोले एक सशक्त र अद्यावधिक तथ्यांक व्यवस्थापन प्रणालीको स्थापित गर्नुपर्ने निष्र्कष निकालेको छ ।

निजी क्षेत्रका फरक फरक तथ्याकंलाई नै आधार मान्दा समस्या भएको डा. निराजन भट्टराईले बताए ।

सशक्त र एकीकृत पोल्ट्री प्रजनन तथा व्यवस्थापन रणनीति विकास गर्नुपर्ने, दक्ष जनशक्तिको माग पूर्ति गर्न विश्वविद्यालयहरुमा अलग्गै पोल्ट्री विभाग स्थापना गरी स्नातकोत्तर र विद्यावारिधी तहका कार्यक्रम सञ्चालन गर्नुपर्ने, मध्यम स्तरको प्राविधिक जनशक्ति तयार गर्न व्यवसायिक तालिम र निरन्तर शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बैठकले निश्कर्ष निकालेको छ ।

कुखुरामा लाग्ने रोगहरुको सूचना र अभिलेखिकरण प्रणाली स्थापित गर्नुपर्ने, बढ्दो एन्टिवायोटिकको प्रयोग घटाउन स्वास्थ्य विधि स्थापित गर्नुपर्ने निष्र्कष निकालेको कार्यक्रम संयोजक प्रा.डा. शारदा थपलियाले जानकारी दिइन् ।

सम्मेलनमा कुखुरा उत्पादनसम्बन्धी नीतिगत र सामाजिक आर्थिक अवस्था, कुखुराको पोषण, स्वास्थ्य व्यवस्थापन, अनुवांशिकी, प्रजनन व्यवस्थापन, जैविक प्रविधि, एकीकृत तथा ग्रामीण कुखुरापालनजस्ता विधामा १५ आमन्त्रित वैज्ञानिकको अनुसन्धानमूलक कार्यपत्र र ३५ विभिन्न मौखिक कार्यपत्र प्रस्तुत गरिएको थियो ।

नेपाल कुखुरापालन उत्पादनमा आत्मनिर्भर रहेको अवस्थामा उत्पादन वृद्धि र व्यावसायिकीकरण गर्नमा समेत योगदान पुर्‍याउने बिषयमा महत्वपूर्ण छलफल भएको कृषि तथा वनविज्ञान विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. मनराज कोलाक्षपतिले बताए ।

सम्मेलनमा भारत, जापान, अस्ट्रेलिया, जर्मनी, बंगलादेश, अमेरिका, भूटान र इजिप्ट गरी विभन्न ८ राष्ट्रका वैज्ञानिक सहभागि भएका थिए । प्राध्यापक, विद्यार्थी, व्यवसायी गरी तीन सयभन्दा बढीको सक्रिय सहभागिता रहेको थियो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय रामपुरको आयोजना तथा नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, मिचिगन स्टेट युनिभर्सिटी अमेरिका, खाद्य तथा कृषि संगठन, हेफर इन्टरनेसनल र विश्वविद्यालय अनुदान आयोगको सहआयोजनामा सम्मेलन आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?