+

एन्फाले एएफसीबाट पाउने अनुदान बढ्यो

२०७५ कात्तिक  १६ गते १३:४७ २०७५ कात्तिक १६ गते १३:४७
एन्फाले एएफसीबाट पाउने अनुदान बढ्यो

१६ कात्तिक, काठमाडौं । नेपालको फुटबल विकासका लागि एसियाली फुटबल महासंघ -एएफसी)बाट पाउने अनुदान बढेको छ ।

मलेसियामा सम्पन्न एएफसीको २८औं कंग्रेसपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले वार्षिक १४ करोड रुपैयाँ अनुदान पाउने भएको हो ।

एन्फाका विदेश विभाग प्रमुख नविन पाण्डेका अनुसार एफसीले नेपालले पाउने अनुदानमा ३३ प्रतिशतले बृद्धि गरेको हो । एएफसीले पूर्वाधार निर्माण, प्रशिक्षक शिक्षा, सञ्चालन खर्च आदिमा सहयोग गर्दै आएको छ ।

२८औं कँग्रेसले एएफसीको अध्यक्ष बन्न सम्बन्धित देशको समर्थन नचाहिने गरी विधान संशोधन गरिएको छ । एएफसीको जुनसुकै सदस्य देशको तीन जनाको समर्थन लिएर उम्मेदवार बन्न पाइने भएको छ । यस्तो व्यवस्थाले एएफसीको दायरा थप बलियो हुने पाण्डे बताउँछन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय