Comments Add Comment

पत्रकारलाई कानून बनाएर ठीक पार्न खोजियो: अध्यक्ष आचार्य

१६ कात्तिक, वीरगञ्ज । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारलाई कानून बनाएर ठीक पार्नुपर्छ भन्ने सोचलाई पराजित गर्न सफल भएको बताएका छन् ।

‘कतिपयले पत्रकारलाई कानून बनाएर ठीक पार्ने सोचे,’ उनले भने, ‘जे मन लाग्यो त्यही लेख्यो, पत्रकारिता गर्नु भनेको अपराध हो भन्ने जस्तै सोच कतिपय मानिसमा देखिएको छ ।’

उनले कतिपयले पत्रकारलाई अपराधी देखेको भन्दै पत्रकारलाई हेर्ने दृष्टिकोण बदल्नु पर्ने बताए ।

प्रेस काउन्सिलको सहयोगमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले आयोजना गरेको आचार संहिता जागरण कार्यक्रममा बोल्दै उनले सरकारले मुलुकी संहितामा भएको प्रावधान सच्याउने प्रतिवद्धता जनाएको बताए ।

पत्रकारबाट पनि गल्ती हुन सक्ने बताउँदै उनले गल्तीलाई सच्याउन र क्षमा माग्न कञ्जुस्याई गर्न नहुने बताए ।

प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाईले मधेसका पत्रिका विभेदमा नपरुन भन्नेमा काउन्सिल सचेत रहेको बताए ।

सामाजिक सञ्जालका कारण चुनौती थपिएको बताउँदै उनले जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न सुझाव दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दिपेन्द्र चौहान, पर्सा शाखा अध्यक्ष श्याम वञ्जारा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघले प्रेस काउन्सिलसँगको सहकार्यमा ३४ जिल्लामा आचार संहिता जागरण कार्यक्रम गरिएको जनाएको छ ।

कतिपय जिल्लामा पत्रकार भन्दा बाहेकलाई बोलाएर पत्रकारिता क्षेत्रमा देखिएका कमी कमजोरीका बारेमा जानकारी लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment