Comments Add Comment

सञ्चारमन्त्री बास्कोटा युएईमा

१८ कात्तिक, युएई । सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले युएईमा रहेको नेपाली दूतावासको गतिविधिबारे जानकारी लिएका छन् । शनिवार दूतावासमा आयोजित परिचयात्मक कार्यक्रममा सहभागी हुँदै मन्त्री बास्कोटाले दूतावासले गर्दै आएको काम कारबाहीबारे जानकारी लिएका हुन् ।

कार्यवाहक राजदूत सागर प्रसाद फुयाँलले युएईमा कार्यरत नेपाली कामदारका समस्या र समाधानमा दूतावासले गर्दै आएको पहलबारे जानकारी गराएका थिए । मन्त्री बास्कोटाले दूतावासका सबै कर्मचारीलाई प्रभावकारी तरिकाले कामदारको पक्षमा काम गर्न निर्देशन दिए ।

यस्तै शनिबारै प्रवासी नेपाली मञ्च तथा जनप्रगतिशील मञ्च युएईका प्रतिनिधिहरुसँगको भेटमा मन्त्री बास्कोटाले सञ्चारलाई प्रभावकारी बनाउन दुई वर्षभित्र अप्टिकल फाइबर जडान गरिसक्ने बताए । अरुको स्याटलाइट प्रयोगले सूचना चुहावटको जोखिम बढेको भन्दै उनले सरकारले नेपालको आफ्नै स्याटलाइट राख्ने बारेमा समेत तयारी गरीरहेको जानकारी गराए । मन्त्री बास्कोटाले हुलाक सेवालाई प्रभावकारी बनाउने पनि बताए ।

१ सय ३० देश सम्मिलित अन्तर्राष्ट्रिय टेलीसञ्चार संघ (आईटीयु) सम्मेलनमा सहभागी हुन मन्त्री बास्कोटा युएई आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment